मेस्सी, रोनाल्डो, सलाह, बेल बालोन डि’ओर अवार्डमा मनोनयन
काठमाडौं २३,असोज । यस वर्षको बालोन डि’ओर अवार्डको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ ।
फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको प्रारम्भिक ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । मनोनयनमा सबैभन्दा बढी खेलाडी रियल मड्रिडको परेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट मात्रै ८ खेलाडी मनोनयनमा परेका छन् ।
रियल मड्रिडबाट ग्यारेथ बेल, करिम बेन्जेमा, थिवाउट कोर्टुवा, इस्को, सर्जियो रामोस, मार्सेलो, लुका मोड्रिच र राफेल भरान मनोनयनमा परेका छन् ।
त्यस्तै, इंग्लिस क्लब लिभरपुलबाट ४ खेलाडी प्रारम्भिक मनोनयनमा छन् । लिभरपुलबाट एलिसन बेकर, रोबर्टाे फिर्मिनो, साडियो माने र मोहम्मद सलाह मनोनयनमा परेका छन् ।
त्यस्तै, बार्सिलोनाबाट लियोनेल मेस्सी, लुइस स्वारेज र इभान राकिटिक मनोनयनमा परेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभानी रहेका छन् । त्यस्तै, एथ्लेटिको मड्रिडबाट डिएगो गोडिन, एन्टोइनी ग्रिजम्यान र जान ओब्लाक रहेका छन् ।
चेल्सीबाट इडेन हाजार्ड र एन्गोलो कान्टे मनोनयनमा पर्दा, म्यान्चेस्टरसिटीबाट भने सर्जियो अगुएरो र केभिन डि ब्रुएन मनोनयनमा पर्न सफल भएका छन् । त्यस्तै, युभेन्टसबाट क्रिस्टियानो रोनाल्डो र मारियो म्यान्जुकिच मनोनयनमा पर्न सफल भएका छन् । यता टोटनह्यामबाट ह्यारी केन र ह्युगो लोरिस मनोनयनमा परेका छन् । म्यानचेस्टर युनाइटेडबाट भने पाउल पोग्बा मनोनयनमा पर्न सफल भएका छन् ।
सन् १९५६ देखि बर्षको उत्कृष्ट फुटबलरलाई यो अवार्ड प्रदान गरिदै आएको छ ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












