नयाँ आप्रवासीले सिड्नी र मेल्बर्नमा बस्न नपाइने
काठमाण्डाै २४,असोज । अस्ट्रेलियाको सरकारले नयाँ आप्रवासीलाई सिड्नी र मेल्बर्नमा नभएर अन्य साना राज्य र ग्रामीण क्षेत्रमा मात्रै बस्न दिने प्रस्ताव सार्वजनिक गरेको छ।
जनसङ्ख्या मन्त्री एलन टजका अनुसार अस्ट्रेलियाका ती दुई सहरको चाप घटाउन र अरू क्षेत्रको विकासलाई सघाउन त्यस्तो नीति ल्याइएको हो।
प्रवेशाज्ञाका शर्तहरूमार्फत् केही आप्रवासीलाई ठूला सहरमा नभएर अन्यत्र बसोबास गराउन सकिने उनले बताएका छन्।
तर केही विज्ञहरूले त्यस्तो नीति कार्यान्वयन गर्न र उद्देश्य हासिल गर्न त्यति सहज नहुने धारणा व्यक्त गरेका छन्।
किन आयो यस्तो प्रस्ताव ?
अहिले अस्ट्रेलियाको कुल दुई करोड ५० लाख जनसङ्ख्यामध्ये झन्डै ४० प्रतिशतको बसोबास सिड्नी र मेल्बर्नमा छ।
विश्वब्याङ्कका अनुसार अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिदर संसारभरि ७७ औँ स्थानमा छ।
विकसित राष्ट्रहरूको सङ्गठन ओईसीडीका सदस्यमध्ये अस्ट्रेलियाको वृद्धिदर सर्वोच्च हो। गत वर्ष सो दर १.६ प्रतिशतले बढेको थियो।
अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिदरमा आप्रवासनको ठूलो भूमिका रहेको छ। विदेशबाट आएका अधिकांश मानिसहरू प्राय: मेल्बर्न, सिड्नी र दक्षिणपूर्वी क्वीन्स्ल्यान्डमा बस्ने गरेको सरकारले जनाएको छ।
त्यसैले मेल्बर्न र सिड्नीमा भौतिक पूर्वाधारका समस्या र धेरै भिड हुनथालेको छ। ती प्रत्येक सहरको जनसङ्ख्या सन् २०३० सम्ममा ८० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ।
सरकारको भनाइ के छ ?
मङ्गलवार एउटा सम्बोधन गर्दै टजले भने, “केही धेरै नयाँ आप्रवासीलाई साना राज्य र क्षेत्रमा बसोबास गराउँदा ठूला सहरमा पर्ने चाप उल्लेख्य रूपमा घटाउन सकिन्छ।”
यो चरणमा सो सरकारी प्रस्तावमा सबै कुरा विस्तृत रूपमा छैन। तर प्रवेशाज्ञामा केही वर्षका लागि ‘भौगोलिक प्रावधान’ राख्न सकिने बताइएको छ।
आप्रवासीहरू बाहिरी भेगमा स्थायी रूपमै बसून् भनेर अन्य प्रोत्साहन पनि दिइने टजले जनाएका छन्।
त्यस्तो प्रतिबन्धात्मक प्रावधान पारिवारिक भेटघाट र रोजगारदाताले प्रायोजन गर्ने प्रवेशाज्ञामा भने लागु नहुने उनले स्पष्ट पारेका छन्।
के यो प्रभावकारी होला ?
त्यस्ता प्रतिबन्धात्मक उपायले सहरमा हुने चाप भने घट्छ नै भन्ने नभएको आप्रवासन र जनसङ्ख्याविज्ञहरूले बीबीसीलाई बताएका छन्।
युनिभर्सिटी अफ टेक्नोलजीका प्राध्यापक जक कोलिन्ज भन्छन्, “नयाँ आप्रवासीलाई जनसख्या कम भएतिर पठाउने पक्षमा बलियो तर्क गरिएको छ। तर उनीहरूलाई रोजगारीको पर्याप्त अवसर हुनुपर्छ, र त्यो नै पूरै योजनाको कमजोर पक्ष हो।”
युनिभर्सिटी अफ मेल्बर्नसँग आबद्ध जनसङ्ख्याविद् प्राध्यापक पिटर मक्डोनल्डका अनुसार यो विषय आप्रवासनसँग मात्र सम्बन्धित छैन।
उनी भन्छन्, “अस्ट्रेलियामा जनसङ्ख्यावृद्धिले भौतिक पूर्वाधारलाई उछिनेको छ। ठूला सहरलाई आवश्यक सार्वजनिक यातायातको सञ्जाजजस्ता उपयुक्त प्रणाली बनाउन हामी ढिलो छौँ।”
सीमा सुरक्षाबलका पूर्वप्रमुख रोमन क्विड्भ्लिग भने यो नीति कार्यान्वनमा आउला र भनेर प्रश्न गर्छन्।
तर प्राध्यापक कोलिन्ज भन्छन् – रोजगारीका अवसर पाउँदा आप्रवासीहरू स-सााना समुदायमै पनि रमाएको अध्यययनले देखाएको छ।
धेरैले ग्रामीण क्षेत्रमा बस्न रुचाएको बताउँदै उनी भन्छन्, “आफूले त्यहाँ न्यानो स्वागत पाएको उनीहरूले बताएका छन्।”
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












