खाद्य संस्थान तोक्यो मासुको मुल्य, खसिबोकाको प्रतिकिलो ५ सय, च्याङ्ग्राको ७ सय
काठमाडौं २५,असोज । खाद्य संस्थानले यो वर्षको दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ । संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपभोक्ताले पाउनेछन् ।
संस्थानका प्रवक्ता शंकर सापकोटाकाअनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ । संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँ मुल्य तोकेको थियो । गतवर्षको तुलनामा यो बर्ष खसीबोकामा प्रतिकिलो ४५ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य बढेको छ ।
संस्थानले कार्यालय परिसर थापाथलिबाट दसैंका लागि काठमाडौमा १ हजार खसी र १ हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । संस्थानले असोज २६ गते शुक्रबार बिहानबाट खसिबोका तथा च्याङ्ग्राकोे बिक्री सुरु गर्ने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












