नयाँ पुस्ताले सम्हाल्दै नेविसंघको कमाण्ड, को–को छन् सम्भावित प्रतिस्पर्धी ?
काठमाडौँ २६, असोज । काँग्रेसका शीर्ष चार नेताले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनाए पनि केन्द्रीय समिति बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णयपछि युवा पुस्ताका विद्यार्थीहरुमा उत्साह छाएको छ ।
उमेर हद लाग्ने निर्णयसँगै काँग्रेसको नर्सरी मानिने नेविसंघभित्र नयाँ तरङ्ग आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहमा विभाजित पार्टीको भातृ संगठन पनि तीन समूहमा बाँडिएको छ ।
उमेर हद लागू हुने भएपछि सबै समूहमा ३२ वर्ष पुरा नभएका नेविसंघ हाँक्ने कमाण्डरहरुको खोजी हुन थालेको छ ।
नयाँ पुस्ताले नेविसंघलाई सहज रुपमा ड्राईभ गर्न सक्लान् ? रातोपाटीको जिज्ञासामा संघका पूर्व अध्यक्ष प्रदीप पौडेल भन्छन्, ‘३२ बर्ष उमेर पुरा नभएकाहरुले नेविसंघको नेतृत्व गर्न नसक्ने हैन, तर परम्परा कस्तो छ भने जसले लामो समय नेतृत्व गरे अनुभव बटुले तिनीहरु सबै बुझेको अवस्थामा थिए । उनीहरु नेतृत्वमा आउन नपाउँदै आउट भएका छन् ।’
नेविसंघमा उमेर हद लागू गर्ने निर्णयका कारण काँग्रेसको केन्द्रीय समिती बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । अर्कोतिर विश्वविद्यालय, क्याम्पस र चिया चौतारोमा समेत अब नेविसंघ कमाण्ड कसले कसले सम्हाल्छ भन्ने चर्चा चल्न थालेको छ ।
उमेर हद लागू नभएको अवस्थामा नेविसंघका महामन्त्री कुन्दन काफ्लेगायत आधा दर्जन विद्यार्थी नेताहरु अध्यक्षका दाबेदार थिए । तर, उमेहदका कारण नेविसंघको अध्यक्ष बन्ने उनीहरुको सपना साकार हुन पाएन्, प्रभावशाली विद्यार्थी नेता मानिले काफ्ले लगायतकोे भूमिका अवको विद्यार्थी अधिवेशनमा निर्णायक हुने जानकारहरु बताउँछन् ।
नेविसंघको विधान अनुसार नयाँ अधिवेशन कार्तिक १६ देखि २० गतेसम्म गरिसक्नुपर्छ ।
यस्ता हुन् नेविसंघका सम्भावित उम्मेदवार
काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिने हालका सह–महामन्त्री प्रकाश घिमिरे यस समुहका बलिया उम्मेद्वार मानिन्छन् । सभापति निकट मानिने अम्बिका चलाउनेलाई पनि अबको नेविसंघको नेतृत्वमा आउने बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।
तर, उनी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर भएकाले उक्त समूहले उनलाई अगाडी बढाउने सम्भावना देखिँदैन ।
देउवा पक्षधरकै नेविसंघका सहमहामन्त्री प्रेम जोशी र पवन यादव अवको नेविसंघ ड्राइभ गर्ने बलियो उम्मेद्वार मानिन्छन् ।
काँग्रेस नेता कृष्ण सिटौला समुहबाट सुशील भट्ट, हरि आचार्य र सिजर भट्ट नेविसंघको नेतृत्वका लागि प्रवल दाबेदार हुन् । वर्तमान केन्द्रीय कार्यसमिति सदस्य भट्ट नेविसंघ भित्र लोकप्रिय मानिन्छन् । नेविसंघभित्र कुशल संगठनकर्ता मानिने भट्टले विद्यार्थीहरुको बीचमा आफ्नो बलियो उपस्थिती देखाएका छन् । भट्टलाई सिटौला समूहको अलवा पूर्व महामन्त्री प्रकाशमानसिंह , अर्जुननरसिंह केसी लगायतको समेत साथ रहेको बुझिएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालय समितिको नेतृत्व सम्हालिरहेका आचार्य पनि दाबेदार मानिन्छन् । समाजशास्त्रमा एम.फिल गर्दै गरेका आचार्य लामो समयदेखि विद्यार्थी राजनितिमा क्रियाशिल छन् ।
अमृत साईन्स क्याम्पसबाट नेविसंघको राजनीति बलियो बनाएका सिजर विद्यार्थीहरुबिच परिचित मानिन्छन् । बर्तमान नेविसंघको केन्द्रीय समितीमा रहेका सागर परियार सहित करिब १ दर्जन विद्यार्थी नेतामध्येबाट अबको नेविसंघको कमाण्डर चुनिने विद्यार्थीहरुबीच चर्चा चल्न थालेको छ । यसाे त विद्यार्थी नेता निरञ्जन थापा पनि अध्यक्षको दाबेदार मानिन्छन् । जिपि कोइराला अध्ययन केन्द्रको महासचिव भएर विभिन्न बैचारिक बहस चलाउँदै आएका थापा गत महाधिवेशनमा भने थोरै मनान्तरले सहमहामन्त्रीमा पराजित भएका थिए ।
अघिल्लो पटकको निर्वाचनमा सह–महामन्त्रीमा पराजित डोजाङ शेर्पा, नवराज त्रिपाठी र गणेश सापकोटालाई पनि सम्भावित उम्मेद्वारको रुपमा हेरिएको छ ।
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनेर चिनिएका बर्तामान कोषाध्यक्ष रहेका शिव रिमाल र सागर परियार अबको नेविसंघको नेतृत्वमा आउन सक्ने बलिया प्रतिस्पर्धी हुन् भने केन्द्रिय सदस्य पुनम लामा पनि नेतृत्वको लागि चर्चामा रहेको नाम हो ।
३२ माथिकालाई के गर्ने ?
नेविसंघमा ३२ बर्षे हदम्याद लगाउने निर्णय भएसँगै काँग्रेसमा राजनीतिक विवाद कायमै छ । जसको समाधान खोज्न नेताहरुले तत्काल सक्रियता देखाएको पाइँदैन ।
लामो समयदेखि नेविसंघमा राजनीति गरेका झण्डै एक दर्जन नेताहरु नेविसंघबाट बाहिरिने भएपछि उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने काँग्रेसमा औपचारिक बहस नभएपनि नेताहरुका लागि ठुलो टाउको दुखाइको विषय बनेको छ ।
३२ वर्षे हदम्याद लाग्ने भएपछि पार्टीमा समेत उमेर हद तोक्नुपर्ने भन्दै नेविसंघका नेताहरुले देशव्यापी अभियान नै चलाउने तयारी गरेका छन् । जसले गर्दा काँग्रेस नेताहरु समेत राजनीतिबाट हात धुनुपर्ने अवस्थामा पुग्नेछन् ।
‘विद्यार्थीमा ३२ वर्षे लागु भए पार्टीमा ६० बर्षे हदम्याद तोक्नुपर्छ’ नेविसंघका महामन्त्री कुन्दन काफ्ले बताउँछन् । त्यस्तै अर्का पौडेल पक्षधर मोति भण्डारी पनि नेताहरुलाई उमेर हद लगाउनु पर्ने पक्षमा छन् ।
होला अधिवेशन ?
नेताहरुको नोटअफ डिसेन्ट प्रकरणले काँग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ । नेविसंघ विवाद तत्काल साम्य हुने सम्भावना कम भएकाले आगामि र्कािकमा हुने भनिएको अधिवेसन टर्दै गएको छ । यद्यपी घोषणा नै भने भैसकेको छैन ।
तर, यहि अवस्थामा अधिवेसन हुदैन भन्नेमा पार्टी नेता नै विश्वस्त छन् । तर मुख भने खोल्न सकेका छैनन् ।
यसो हुँदा वर्तमान कार्यसमिति विघटन गर्दै तदर्थ समितिमार्फत विद्यार्थी संगठन चलाउने सभापति देउवाको चाहानाअनुसार नै गतिविधि बढेका छन् ।
दशैँ तिहार लगत्तै काँग्रेस महासमति बैठक डाकिएको छ । त्यसपछि पार्टीको नै महाधिवेसनमा नेताहरु लाग्नुपर्ने भएपछि अन्ततः नेविसंघको अधिवेसन पार्टीको महाधिवेसनपछि मात्रै हुने लगभग निश्चित छ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












