नयाँ पुस्ताले सम्हाल्दै नेविसंघको कमाण्ड, को–को छन् सम्भावित प्रतिस्पर्धी ?
काठमाडौँ २६, असोज । काँग्रेसका शीर्ष चार नेताले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनाए पनि केन्द्रीय समिति बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णयपछि युवा पुस्ताका विद्यार्थीहरुमा उत्साह छाएको छ ।
उमेर हद लाग्ने निर्णयसँगै काँग्रेसको नर्सरी मानिने नेविसंघभित्र नयाँ तरङ्ग आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहमा विभाजित पार्टीको भातृ संगठन पनि तीन समूहमा बाँडिएको छ ।
उमेर हद लागू हुने भएपछि सबै समूहमा ३२ वर्ष पुरा नभएका नेविसंघ हाँक्ने कमाण्डरहरुको खोजी हुन थालेको छ ।
नयाँ पुस्ताले नेविसंघलाई सहज रुपमा ड्राईभ गर्न सक्लान् ? रातोपाटीको जिज्ञासामा संघका पूर्व अध्यक्ष प्रदीप पौडेल भन्छन्, ‘३२ बर्ष उमेर पुरा नभएकाहरुले नेविसंघको नेतृत्व गर्न नसक्ने हैन, तर परम्परा कस्तो छ भने जसले लामो समय नेतृत्व गरे अनुभव बटुले तिनीहरु सबै बुझेको अवस्थामा थिए । उनीहरु नेतृत्वमा आउन नपाउँदै आउट भएका छन् ।’
नेविसंघमा उमेर हद लागू गर्ने निर्णयका कारण काँग्रेसको केन्द्रीय समिती बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । अर्कोतिर विश्वविद्यालय, क्याम्पस र चिया चौतारोमा समेत अब नेविसंघ कमाण्ड कसले कसले सम्हाल्छ भन्ने चर्चा चल्न थालेको छ ।
उमेर हद लागू नभएको अवस्थामा नेविसंघका महामन्त्री कुन्दन काफ्लेगायत आधा दर्जन विद्यार्थी नेताहरु अध्यक्षका दाबेदार थिए । तर, उमेहदका कारण नेविसंघको अध्यक्ष बन्ने उनीहरुको सपना साकार हुन पाएन्, प्रभावशाली विद्यार्थी नेता मानिले काफ्ले लगायतकोे भूमिका अवको विद्यार्थी अधिवेशनमा निर्णायक हुने जानकारहरु बताउँछन् ।
नेविसंघको विधान अनुसार नयाँ अधिवेशन कार्तिक १६ देखि २० गतेसम्म गरिसक्नुपर्छ ।
यस्ता हुन् नेविसंघका सम्भावित उम्मेदवार
काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिने हालका सह–महामन्त्री प्रकाश घिमिरे यस समुहका बलिया उम्मेद्वार मानिन्छन् । सभापति निकट मानिने अम्बिका चलाउनेलाई पनि अबको नेविसंघको नेतृत्वमा आउने बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।
तर, उनी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर भएकाले उक्त समूहले उनलाई अगाडी बढाउने सम्भावना देखिँदैन ।
देउवा पक्षधरकै नेविसंघका सहमहामन्त्री प्रेम जोशी र पवन यादव अवको नेविसंघ ड्राइभ गर्ने बलियो उम्मेद्वार मानिन्छन् ।
काँग्रेस नेता कृष्ण सिटौला समुहबाट सुशील भट्ट, हरि आचार्य र सिजर भट्ट नेविसंघको नेतृत्वका लागि प्रवल दाबेदार हुन् । वर्तमान केन्द्रीय कार्यसमिति सदस्य भट्ट नेविसंघ भित्र लोकप्रिय मानिन्छन् । नेविसंघभित्र कुशल संगठनकर्ता मानिने भट्टले विद्यार्थीहरुको बीचमा आफ्नो बलियो उपस्थिती देखाएका छन् । भट्टलाई सिटौला समूहको अलवा पूर्व महामन्त्री प्रकाशमानसिंह , अर्जुननरसिंह केसी लगायतको समेत साथ रहेको बुझिएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालय समितिको नेतृत्व सम्हालिरहेका आचार्य पनि दाबेदार मानिन्छन् । समाजशास्त्रमा एम.फिल गर्दै गरेका आचार्य लामो समयदेखि विद्यार्थी राजनितिमा क्रियाशिल छन् ।
अमृत साईन्स क्याम्पसबाट नेविसंघको राजनीति बलियो बनाएका सिजर विद्यार्थीहरुबिच परिचित मानिन्छन् । बर्तमान नेविसंघको केन्द्रीय समितीमा रहेका सागर परियार सहित करिब १ दर्जन विद्यार्थी नेतामध्येबाट अबको नेविसंघको कमाण्डर चुनिने विद्यार्थीहरुबीच चर्चा चल्न थालेको छ । यसाे त विद्यार्थी नेता निरञ्जन थापा पनि अध्यक्षको दाबेदार मानिन्छन् । जिपि कोइराला अध्ययन केन्द्रको महासचिव भएर विभिन्न बैचारिक बहस चलाउँदै आएका थापा गत महाधिवेशनमा भने थोरै मनान्तरले सहमहामन्त्रीमा पराजित भएका थिए ।
अघिल्लो पटकको निर्वाचनमा सह–महामन्त्रीमा पराजित डोजाङ शेर्पा, नवराज त्रिपाठी र गणेश सापकोटालाई पनि सम्भावित उम्मेद्वारको रुपमा हेरिएको छ ।
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनेर चिनिएका बर्तामान कोषाध्यक्ष रहेका शिव रिमाल र सागर परियार अबको नेविसंघको नेतृत्वमा आउन सक्ने बलिया प्रतिस्पर्धी हुन् भने केन्द्रिय सदस्य पुनम लामा पनि नेतृत्वको लागि चर्चामा रहेको नाम हो ।
३२ माथिकालाई के गर्ने ?
नेविसंघमा ३२ बर्षे हदम्याद लगाउने निर्णय भएसँगै काँग्रेसमा राजनीतिक विवाद कायमै छ । जसको समाधान खोज्न नेताहरुले तत्काल सक्रियता देखाएको पाइँदैन ।
लामो समयदेखि नेविसंघमा राजनीति गरेका झण्डै एक दर्जन नेताहरु नेविसंघबाट बाहिरिने भएपछि उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने काँग्रेसमा औपचारिक बहस नभएपनि नेताहरुका लागि ठुलो टाउको दुखाइको विषय बनेको छ ।
३२ वर्षे हदम्याद लाग्ने भएपछि पार्टीमा समेत उमेर हद तोक्नुपर्ने भन्दै नेविसंघका नेताहरुले देशव्यापी अभियान नै चलाउने तयारी गरेका छन् । जसले गर्दा काँग्रेस नेताहरु समेत राजनीतिबाट हात धुनुपर्ने अवस्थामा पुग्नेछन् ।
‘विद्यार्थीमा ३२ वर्षे लागु भए पार्टीमा ६० बर्षे हदम्याद तोक्नुपर्छ’ नेविसंघका महामन्त्री कुन्दन काफ्ले बताउँछन् । त्यस्तै अर्का पौडेल पक्षधर मोति भण्डारी पनि नेताहरुलाई उमेर हद लगाउनु पर्ने पक्षमा छन् ।
होला अधिवेशन ?
नेताहरुको नोटअफ डिसेन्ट प्रकरणले काँग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ । नेविसंघ विवाद तत्काल साम्य हुने सम्भावना कम भएकाले आगामि र्कािकमा हुने भनिएको अधिवेसन टर्दै गएको छ । यद्यपी घोषणा नै भने भैसकेको छैन ।
तर, यहि अवस्थामा अधिवेसन हुदैन भन्नेमा पार्टी नेता नै विश्वस्त छन् । तर मुख भने खोल्न सकेका छैनन् ।
यसो हुँदा वर्तमान कार्यसमिति विघटन गर्दै तदर्थ समितिमार्फत विद्यार्थी संगठन चलाउने सभापति देउवाको चाहानाअनुसार नै गतिविधि बढेका छन् ।
दशैँ तिहार लगत्तै काँग्रेस महासमति बैठक डाकिएको छ । त्यसपछि पार्टीको नै महाधिवेसनमा नेताहरु लाग्नुपर्ने भएपछि अन्ततः नेविसंघको अधिवेसन पार्टीको महाधिवेसनपछि मात्रै हुने लगभग निश्चित छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











