लोकसेवाको ११४ विज्ञापनको नतिजा शून्य, लोकसेवा पास गर्नेमा प्रदेश २ अगाडि
काठमाडौं २६, असोज। लोकसेवा आयोगले बिभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिनेहरुको संख्या १० वर्षको अवधिमा ६ गुणाले बढेको छ । सबैभन्दा बढी आवेदन प्रदेश २ बाट परेको छ भने नियुक्तिका लागि सिफारिस पनि प्रदेश २ कै सर्लाही जिल्लामा गरिएको छ ।
लोकसेवा आयोगले बिहीबार राष्ट्रपति समक्ष बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०६५/६६ मा कुल दरखास्त संख्या ८६ हजार १६८ मात्र थियो ।
तर, आर्थिक वर्ष २०७४/७५ मा आयोगमा कुल ५ लाख ६७ हजार ८ सय ५३ दरखास्त परेको आयोगका प्रवक्ता किरणकुमार शर्माले जानकारी दिए ।
परीक्षा सञ्चालन, विज्ञापन प्रकाशनलगायतका कार्यसम्पादनका लागि आयोगले आर्थिक वर्ष २०७४/७५ मा ७५ करोड ८२ लाख बजेट खर्च गरेको छ । राजस्व संकलन भने १४ करोड मात्रै भएको छ ।
सबैभन्दा बढी दरखास्त र नियुक्ति प्रदेश २ मा
उनका अनुसार यस अवधिमा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन परेको छ र स्थायी ठेगानाको आधारमा नियुक्तिका लागि गरिएको सिफारिसमा पनि प्रदेश २ कै जिल्ला अगाडि छ ।
प्रदेश २ अन्तर्गत पनि सप्तरी जिल्लाबाट सबैभन्दा बढी दरखास्त परेको छ । बढी दरखास्त पर्ने पाँच जिल्लाहरूमा क्रमशः सप्तरी, धनुषा, सिरहा, सर्लाही, महोत्तरी र रौतहट रहेका छन् । आयोगका अनुसार सबैभन्दा कम दरखास्त परेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु जिल्ला रहेका छन् ।
प्रतिवेदन अवधिमा कुल ७ हजार ७ सय १८ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ । त्यसमध्ये स्थायी ठेगानाका आधारमा प्रदेश नम्बर २ बाट नै सबैभन्दा धेरै १ हजार ५ सय ६९ जना उम्मेदवार सिफारिस भएका छन् ।
सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा क्रमशः सर्लाही, जुम्ला, गुल्मी, धनुषा, सप्तरी र रूकुम छन् ।
सबैभन्दा कम उम्मेदवार सिफारिस हुने जिल्लामा क्रमशः मुस्ताङ, रसुवा, डोल्पा, सोलुखुम्बु र तेह्रथुम रहेका छन् । मनाङ जिल्लाबाट भने कुनैपनि उम्मेदवार सिफारिस भएनन् ।
नियुक्तिका लागि सिफारिस भएका पुरुषहरु ५ हजार २ सय ५३ जना र महिला २ हजार ४ सय ६५ जना रहेका छन् । यस वर्ष सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २७ वर्ष रहेको प्रवक्ता शर्माले जानकारी दिए ।
खरिदार पदमा सबैभन्दा बढी आवेदन
गत वर्ष जस्तै यस वर्ष पनि खरिदार पदमा सबैभन्दा बढी १ लाख ४६ हजार ४ सय ७६ दरखास्त परेका छन् । यसैगरी बढी दरखास्त परेका अन्य पदहरूमा क्रमशः नायब सुब्बा, अ.हे.व., अ.न.मी., शाखा अधिकृत लगायत रहेका आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।
धेरै दरखास्त पर्ने पदहरूमध्ये प्रतिपद औसत दरखास्त धेरै रहेका पदहरूमा विद्यालय निरीक्षक ३९९, नायब प्राविधिक सहायक ३५४, नायब सुब्बा ३०८ र खरिदार २११ रहेका छन् । गत वर्ष जस्तै यस अवधिमा पनि सबैभन्दा बढी संख्यामा २१ देखि २५ वर्ष उमेर समूहका उम्मेदवारले दरखास्त दिएका छन् । दरखास्त दिने उम्मेदवारको औषत उमेर २६ वर्ष छ ।
१०१ विज्ञापनमा दरखास्त परेन, ११४ विज्ञापनमा सबै फेल
यस अवधिमा भएका विज्ञापन मध्ये १ सय १ वटा विज्ञापनहरूमा कुनै पनि दरखास्त परेनन् । ६५ वटा आन्तरिक प्रतियोगिता, १ वटा खुला प्रतियोगिता र ३५ वटा समावेशी प्रतियोगिता तर्फका विज्ञापनमा दरखास्त नै नपरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित विज्ञापनमध्ये १ सय ९३ पदका लागि गरिएका विभिन्न १ सय १४ वटा विज्ञापनबाट कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेको आयोगले जनाएको छ ।
त्यस्तै २ सय ७२ पदका लागि भएका विभिन्न विज्ञापनहरूमा माग भएभन्दा न्यून संख्यामा अर्थात १ सय ३८ जना मात्र उम्मेदवार उत्तीर्ण भएका छन् ।
समावेशी समूहबाट १६ हजार ९३९ जना सिफारिस
आर्थिक वर्ष २०७३/७४ का विज्ञापनबाट प्रतिवेदन अवधि आ.व. २०७४/७५ मा समावेशी प्रतियोगिता तर्फ कुल ३ हजार २ सय ४४ जना सिफारिस भएका छन् ।
गत ८ वर्षको अवधिमा कुल ४१ हजार ६८ जना उम्मेदवारले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । त्यसमध्ये ८ वर्षको अवधिमा विभिन्न ६ समावेशी समूहका विज्ञापनमा जम्मा १६ हजार ९ सय ३९ जना उम्मेदवारहरू सिफारिस भएका छन् ।
समावेशी समूहका उम्मेदवारहरू खुलातर्फका विज्ञापनहरूबाट समेत उल्लेख्य संख्यामा सिफारिस भएका छन् ।
आयोगबाट सञ्चालित परीक्षाहरूमा अनियमितता गर्ने १ सय ३८ उम्मेदवारहरूलाई विभिन्न किसिमका कारवाही गरिएको छ, जसमा २७ जना महिला र १ सय ११ जना पुरूष रहेका छन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











