अष्ट्रेलियाका प्रधानमन्त्रीले किन मागे क्षमा ?
अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार यौन दुराचारबाट पीडित बनेका नागरिकहरू समक्ष राष्ट्रिय रूपमा सार्वजनिक क्षमा मागेका छन् । अष्ट्रेलियामा दशकौंअघि बिद्यालय, चर्च लगायतका संस्थाहरूमा भएका यौन दुराचारको घटनालाई लिएर पीडित समक्ष प्रधानमन्त्री मरिसनले राष्ट्रको तर्फबाट क्षमा मागेका हुन् ।
क्यानबेरामा रहेको संसद भवनमा पीडितहरु समेत सहभागी कार्यक्रममा मरिसनले आफूहरुले पीडितहरुको पीडा सुन्न, विश्वास गर्न र न्याय दिन असफल भएको बताउँदै क्षमा गरिदिन आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा विपक्षी दलका लेबरका नेता बिल सर्टनले समेत पीडितहरू समक्ष सार्वजनिक रूपमा माफी मागेका थिए । मााफी माग्ने क्रममा प्रधानमन्त्रीका साथै अन्य नेताहरू भावुक समेत बनेका थिए ।
अष्ट्रेलियामा रहेका यस्ता संस्थाहरुमा बालिबालिकाहरूलाई यौन दुराचार भएको पीडितहरूले सार्वजनिक गरेपछि सरकारले रोयल कमिसन स्थापना गरेको थियो । रोयल कमिसनले लामो समयको अध्ययन र अनुसन्धानपछि सरकारलाई बिभिन्न सुझावहरु दिएको थियो ।
सोही सुझावका आधारमा राष्ट्रको तर्फबाट प्रधानमन्त्रीले क्षमा मागेका हुन् । अनुसन्धानका क्रममा कमिसनले २५ हजार बढी पत्र र ४० हजार बढी फोनकल पीडितहरुबाट प्राप्त गरेको थियो । अनुसन्धानपछि कमिसनले दिएको १ सय २२ वटा सुझावहरुमध्ये सरकारले १ सय ४ वटा सुझावलाई स्वीकार गरेको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












