जमरा जुसको फाइदा के छ ?
झापा : झापाको काँकरभिट्टामा रहेको एउटा सटरमा एकाविहानै मानिसको भीड जम्मा हुन्छ । यो भीड अरु केहीको नभएर जमराको जुस पिउनका लागि लागेको हो । बिहान शारीरिक व्यायाम गरेपछि जौं र गहुँको जमराबाट बनेको जुस पिउदा रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगहरु निको हुन्छन् ।
अरोमा जुस बारको नाममा खोलिएको यो जुस पसल काकरभिट्टाकी बबिता थापाले खोलेकी हुन् । बबिताका श्रीमान् श्रीमती दुवै जना मधुमेहका रोगी हुन् । अहिले यसमा गहुँ र जौंको जुसका पारखी बढ्दै गएका छन् । करिब तीन महिनाअघि खोलेको जुस पसलमा बिहानै जुस खान करिब ५० जना आईपुग्छन् । पछिल्लो समय जौं र गहुँको जुसको महत्व थाहा पाएपछि मान्छेहरु यतातर्फ झुम्मिने गरेका छन् ।
बवितालाई उनकी आमा डम्बरकुमारी र बुबा बलराम थापाले पनि साथ दिएका छन् । आफूहरु पनि मधुमेहको रोगी भएको बताउँदै डम्बरकुमारीले भनिन्, ‘हामी दुवै सुगरका रोगी हौं, गहुँ र जौंको जुस खाए कन्ट्रोल हुन्छ भन्ने सुनेका थियौं । अहिले छोरीले व्यवसायकै रुपमा त्यसको जुस बनाउन थालेपछि हामीले पनि त्यसमा सहयोग गरेका छौं ।’
मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा थापाले जौं र गहुँको जमरा उत्पादन गर्दै आएकी छन् । तीन महिना अघि मात्रै काँकडभिट्टमा अरोमा जुस बार सुरु भएको हो । काठमाडौंमा जौं र गहुँको जमरा उत्पादन तथा बिक्री वितरणमा राम्रो व्यापार देखेपछि थापाले काँकडभिट्टामा त्यसको व्यवसाय सुरु गरिन ।
काँकडभिट्टाकी स्थायी बासिन्दा थापा केही वर्ष काठमाडौंमा बसेर अध्ययन गरिरहेकी थिइन् । आफ्नै ठउँमा केही गरौं भन्ने लागेपछि काँकरभिट्टा फर्किएर व्यवसायका रुपमा गहुँ र जौ को जुस बनाउन सुरु गरेकी हुन् । बविताले हाल ३० वटा ट्रेमा जमरा उत्पादन गर्दै आएकी छन् । बिहान दैनिक ५० जनासम्म जुस पिउन आउछन् । यो संख्या अहिले बढ्न थालेको छ । ग्राहक बढ्न थालेसँगै जुस पिउन लाइन बस्नुपर्छ । गहुँ र जौंका जमरा उत्पादन हुन समय लाग्यो भने त जमरा तयार नहुन्जेलसम्म पनि पर्खिनुपर्ने हुन्छ । जौं र गहुँको जमरा उत्पादन गर्न करिब ९ देखि ११ दिनसम्म लाग्ने गर्छ ।
ग्राहकहरूलाई उनले हाते मेसिन प्रयोग गरेर तत्कालै जमरा पेलेर ताजा जुस दिन्छिन् । जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसासम्बन्धी रोगका विरामीलाई फाइदा हुने भएकाले त्यस्ता रोगीहरु दिनहुँ जुस पिउन आउने गरेको उनको भनाई छ ।
‘जैविक रूपमा उत्पादन गरिएको जौं र गहुँको जमराको जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्छ । त्यो जुस स्वास्थ्यका लागि लाभदायक छ,’ बबिताले भनिन्, ‘जसले कुरा बुझेको छ, त्यो मानिस अवश्य जुस पिउन आउँछ ।’ केही समयपछि बारमा मोरिङ्गा जुस, जिङ्जर सर्टलगायत जुसका परिकार थप्ने उनको योजना छ । ‘मासु वा मासुजन्य वस्तुले स्वास्थ्यलाई फाइदा हुने होइन,’ अर्की सञ्चालक विनिता थापाले भनिन्, ‘फलफुलले मानिसलाई स्वास्थ्य जीवन व्यतित गर्न धेरै मद्दत गर्छ ।’
जैविक रूपमा उत्पादन गरिएको जौं र गहुँको जुस स्वास्थ्य समस्या अनुसार नियमित सेवन गर्न सक्ने हो भने अधिकांश रोगीलाई फाइदा पुग्ने जिल्ला आर्युवेदिक कार्यालय झापाका प्रमुख डा। केनिन राईले बताए । शरीरलाई चाहिने पोषक तत्वहरु सन्तुलनका लागि पनि प्रोटिन र कार्वोहाईडेट भएकाले जौं र गहुँको जुस स्वस्थ्यकर हुने गरेको छ ।
उनका अनुसार क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुन्छ । जौं र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगलाई उपयोगी हुने राईले बताए । उनले भने, ‘जौं र गहुँको जुसमा भिटामिन बी, भिटामिन सी, इन्जाइम, खनिजलगायतका तत्व प्रशस्त मात्रामा पाइने हुँदा त्यो स्वास्थ्यवर्धक हुन्छ ।’
धेरैको आकर्षण बढेको जमराको जुस काँकडभिट्टामा ३० एमएलको ५० रुपैयाँ पर्छ । मेचीनगर—६ स्थित काँकरभिट्टा निवासी नवराज खनियाँले आफू र आफ्नी पत्नी लक्ष्मीले जमराको जुस पिउन थालेपछि स्वास्थ्यमा धेरै लाभ मिलेको अनुभव सुनाए ।
उनले भने, ‘आज आएर औषधिहरुको मात्रा घटाउने क्रममा छौं र नियमित जुस सेवन गर्दै आएका छौं । हाम्रो स्वास्थ्य अहिले ठीक हुँदै गएको छ ।’ । उनले पत्नी लक्ष्मीलाई मधुमेह र रक्तचापको समस्या रहेको बताए । लामो समयसम्म उपचार गर्दा पनि सञ्चो नभएको तर, जमराको जुस सेवनपछि केही प्रतिशत सुधार आउन थालेको उनको अनुभव छ ।
गत जेठदेखि ‘जौं र गहुँको जुस खान थालेकी उषा प्रधानले आफ्नो मोटोपना घट्दै गएको बताइन् । जमराको जुसको नियमित सेवनले शरीरमा स्फूर्ति बढाउने, पाचन शक्ति मजबुत बनाउने, रगत सफा राख्नेजस्ता फाइदा हुने तथा जौं र गहुँमा प्रोटिन धेरै र कार्वोहाईडेट कम हुने भएकाले यी चीजको रोटी खाँदा राम्रो हुने भएपनि सुगर र पेसरका विरामीले जमराको जुस पिउँदा शरीरलाई नयाँ स्फूर्ति दिन्छ ।
हामीले यो सामग्री हाम्रोकथा अनलाइनबाट लिएका हौँ ।
तस्बिर : गुगल
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












