जमरा जुसको फाइदा के छ ?
झापा : झापाको काँकरभिट्टामा रहेको एउटा सटरमा एकाविहानै मानिसको भीड जम्मा हुन्छ । यो भीड अरु केहीको नभएर जमराको जुस पिउनका लागि लागेको हो । बिहान शारीरिक व्यायाम गरेपछि जौं र गहुँको जमराबाट बनेको जुस पिउदा रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगहरु निको हुन्छन् ।
अरोमा जुस बारको नाममा खोलिएको यो जुस पसल काकरभिट्टाकी बबिता थापाले खोलेकी हुन् । बबिताका श्रीमान् श्रीमती दुवै जना मधुमेहका रोगी हुन् । अहिले यसमा गहुँ र जौंको जुसका पारखी बढ्दै गएका छन् । करिब तीन महिनाअघि खोलेको जुस पसलमा बिहानै जुस खान करिब ५० जना आईपुग्छन् । पछिल्लो समय जौं र गहुँको जुसको महत्व थाहा पाएपछि मान्छेहरु यतातर्फ झुम्मिने गरेका छन् ।
बवितालाई उनकी आमा डम्बरकुमारी र बुबा बलराम थापाले पनि साथ दिएका छन् । आफूहरु पनि मधुमेहको रोगी भएको बताउँदै डम्बरकुमारीले भनिन्, ‘हामी दुवै सुगरका रोगी हौं, गहुँ र जौंको जुस खाए कन्ट्रोल हुन्छ भन्ने सुनेका थियौं । अहिले छोरीले व्यवसायकै रुपमा त्यसको जुस बनाउन थालेपछि हामीले पनि त्यसमा सहयोग गरेका छौं ।’
मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा थापाले जौं र गहुँको जमरा उत्पादन गर्दै आएकी छन् । तीन महिना अघि मात्रै काँकडभिट्टमा अरोमा जुस बार सुरु भएको हो । काठमाडौंमा जौं र गहुँको जमरा उत्पादन तथा बिक्री वितरणमा राम्रो व्यापार देखेपछि थापाले काँकडभिट्टामा त्यसको व्यवसाय सुरु गरिन ।
काँकडभिट्टाकी स्थायी बासिन्दा थापा केही वर्ष काठमाडौंमा बसेर अध्ययन गरिरहेकी थिइन् । आफ्नै ठउँमा केही गरौं भन्ने लागेपछि काँकरभिट्टा फर्किएर व्यवसायका रुपमा गहुँ र जौ को जुस बनाउन सुरु गरेकी हुन् । बविताले हाल ३० वटा ट्रेमा जमरा उत्पादन गर्दै आएकी छन् । बिहान दैनिक ५० जनासम्म जुस पिउन आउछन् । यो संख्या अहिले बढ्न थालेको छ । ग्राहक बढ्न थालेसँगै जुस पिउन लाइन बस्नुपर्छ । गहुँ र जौंका जमरा उत्पादन हुन समय लाग्यो भने त जमरा तयार नहुन्जेलसम्म पनि पर्खिनुपर्ने हुन्छ । जौं र गहुँको जमरा उत्पादन गर्न करिब ९ देखि ११ दिनसम्म लाग्ने गर्छ ।
ग्राहकहरूलाई उनले हाते मेसिन प्रयोग गरेर तत्कालै जमरा पेलेर ताजा जुस दिन्छिन् । जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसासम्बन्धी रोगका विरामीलाई फाइदा हुने भएकाले त्यस्ता रोगीहरु दिनहुँ जुस पिउन आउने गरेको उनको भनाई छ ।
‘जैविक रूपमा उत्पादन गरिएको जौं र गहुँको जमराको जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्छ । त्यो जुस स्वास्थ्यका लागि लाभदायक छ,’ बबिताले भनिन्, ‘जसले कुरा बुझेको छ, त्यो मानिस अवश्य जुस पिउन आउँछ ।’ केही समयपछि बारमा मोरिङ्गा जुस, जिङ्जर सर्टलगायत जुसका परिकार थप्ने उनको योजना छ । ‘मासु वा मासुजन्य वस्तुले स्वास्थ्यलाई फाइदा हुने होइन,’ अर्की सञ्चालक विनिता थापाले भनिन्, ‘फलफुलले मानिसलाई स्वास्थ्य जीवन व्यतित गर्न धेरै मद्दत गर्छ ।’
जैविक रूपमा उत्पादन गरिएको जौं र गहुँको जुस स्वास्थ्य समस्या अनुसार नियमित सेवन गर्न सक्ने हो भने अधिकांश रोगीलाई फाइदा पुग्ने जिल्ला आर्युवेदिक कार्यालय झापाका प्रमुख डा। केनिन राईले बताए । शरीरलाई चाहिने पोषक तत्वहरु सन्तुलनका लागि पनि प्रोटिन र कार्वोहाईडेट भएकाले जौं र गहुँको जुस स्वस्थ्यकर हुने गरेको छ ।
उनका अनुसार क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुन्छ । जौं र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगलाई उपयोगी हुने राईले बताए । उनले भने, ‘जौं र गहुँको जुसमा भिटामिन बी, भिटामिन सी, इन्जाइम, खनिजलगायतका तत्व प्रशस्त मात्रामा पाइने हुँदा त्यो स्वास्थ्यवर्धक हुन्छ ।’
धेरैको आकर्षण बढेको जमराको जुस काँकडभिट्टामा ३० एमएलको ५० रुपैयाँ पर्छ । मेचीनगर—६ स्थित काँकरभिट्टा निवासी नवराज खनियाँले आफू र आफ्नी पत्नी लक्ष्मीले जमराको जुस पिउन थालेपछि स्वास्थ्यमा धेरै लाभ मिलेको अनुभव सुनाए ।
उनले भने, ‘आज आएर औषधिहरुको मात्रा घटाउने क्रममा छौं र नियमित जुस सेवन गर्दै आएका छौं । हाम्रो स्वास्थ्य अहिले ठीक हुँदै गएको छ ।’ । उनले पत्नी लक्ष्मीलाई मधुमेह र रक्तचापको समस्या रहेको बताए । लामो समयसम्म उपचार गर्दा पनि सञ्चो नभएको तर, जमराको जुस सेवनपछि केही प्रतिशत सुधार आउन थालेको उनको अनुभव छ ।
गत जेठदेखि ‘जौं र गहुँको जुस खान थालेकी उषा प्रधानले आफ्नो मोटोपना घट्दै गएको बताइन् । जमराको जुसको नियमित सेवनले शरीरमा स्फूर्ति बढाउने, पाचन शक्ति मजबुत बनाउने, रगत सफा राख्नेजस्ता फाइदा हुने तथा जौं र गहुँमा प्रोटिन धेरै र कार्वोहाईडेट कम हुने भएकाले यी चीजको रोटी खाँदा राम्रो हुने भएपनि सुगर र पेसरका विरामीले जमराको जुस पिउँदा शरीरलाई नयाँ स्फूर्ति दिन्छ ।
हामीले यो सामग्री हाम्रोकथा अनलाइनबाट लिएका हौँ ।
तस्बिर : गुगल
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












