रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन (ईभी) बगाएको छ। व्यवसायीका अनुसार भन्सार यार्डमा रहेका करिब ५ देखि ७ सय वटा ईभीसमेत बाढीले बगाएको प्रारम्भिक अनुमान छ।
नजिकिँदै गरेका तिज, दसैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरी चीनबाट ठूलो परिमाणमा आयात गरिएका रेडिमेड कपडा, जुत्ताचप्पल, ब्याग, खाद्यान्न, विद्युतीय सामग्रीलगायत सामान बाढीको चपेटामा परेका छन्। सयौँ मालवाहक कन्टेनरसमेत बाढीले क्षति पुर्याएको व्यवसायीहरूले बताएका छन्।
यस वर्ष चीनबाट आयात हुने सामानको मुख्य नाका रसुवागढी बनेको थियो। गत साउनदेखि सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरूपमा बन्द भएपछि व्यवसायीले चीनबाट आयात हुने अधिकांश सामान रसुवागढी नाकातर्फ मोडेका थिए।
चाडपर्वका लागि आवश्यक सामानको अर्डर गर्न व्यवसायीहरू असार र साउनमै चीन पुगेका थिए। चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिए पनि वर्षाका कारण नेपालतर्फको सडक ठाउँ–ठाउँमा बिग्रिएका कारण ती सामान काठमाडौंसम्म ढुवानी हुन सकेका थिएनन्। फलस्वरूप ठूलो परिमाणमा मालसामान र कन्टेनर भन्सार यार्डमै रोकिएका थिए।
सडक मर्मतपछि यातायात सञ्चालनमा आएपछि क्रमशः भन्सार जाँचपास गरी काठमाडौं पठाउने तयारी भइरहेका बेला बाढीले यार्ड नै तहसनहस बनाएको हो। भोटेकोशी नदीमा आएको अचानकको बाढीले रसुवागढी भन्सार क्षेत्रसहित आसपासका बस्तीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव रसुवाका तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म परेको जनाइएको छ।
बाढीका कारण भन्सार कार्यालय तथा आसपासका दर्जनौँ बस्ती प्रभावित भएका छन्। सञ्चार टावरमा समेत क्षति पुगेपछि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुरसमेत बाढीबाट प्रभावित भएका छन्। घटनापछि आयातकर्ताहरूले करोडौँ रुपैयाँको व्यापारिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ भने आगामी चाडपर्वका लागि नेपाली बजारमा सामानको आपूर्तिसमेत प्रभावित हुने जोखिम बढेको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












