बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो
ढाका । बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उहाँमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।
भ्रष्टाचारको आरोपमा तल्लो अदालतले यसअघि जियालाई १० वर्ष जेल सजाय हुनुपर्ने सजाय तोकेको थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगका वकील खुर्शिद खानले उच्च अदालतले तल्लो अदालतले सुनाएको यसअघिकै फैसलालाई सदर गरेको जानकारी दिनुभयो ।
बङ्गलादेश नेसनिस्ट पार्टी (बीएनपी) ले जियामाथि अदालतले सुनाएको आदेश पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको भन्दै मङ्गलबार राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । हाल जियाले नै बीएनपीको नेतृत्व गरिरहनु भएको छ ।
आगामी संसदीय निर्वाचनमा जियालाई सहभागी हुनबाट रोक्ने गरी अदालतबाट एकपछि अर्को आदेश आएको विपक्षीहरुको भनाइ छ । बङ्गलादेशका महान्यायाधीवक्ता महाबुबे अलामले उच्च अदालतबाट सफाई नपाएको अवस्थामा जियाले चुनावमा भाग लिन नपाउने बताउनुभयो ।
प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई भ्रष्टाचारको आरोपमा सात वर्षका लागि गत फेब्रुअरीदेखि थुनामा राखिएको छ ।
पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।
पछिल्लो आदेशका कारण हसिनामाथि जियाले राजनीतिक चुनौती दिने सम्भावना घटेर गएको छ । बीएनपीका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् ।
जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा फैल्याएको र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दा पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि गम्भीर रहेको छ । उहाँलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।
जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उहाँका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् ।
गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











