भक्तमान श्रेष्ठलाई एक वर्ष जेल, सवा १ करोड जरिवाना
चितवन । चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन्।उनलाई विशेष अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो।
अख्तियारले उनलाई २०७२ सालमा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा लगाएको थियो। सोहि मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलासले उनलाई कैद र जरिवानाको फैसला सुनाएको रजिष्ट्रार भिमकुमार श्रेष्ठले जानकारी दिए।
अख्तियारले श्रेष्ठसँग १ करोड ६७ लाख ९७ हजार १ सय १३ रूपैयाँ अवैध सम्पत्ति रहेको भन्दै मुद्दा चलाएको थियो। विशेषले भने अख्तियारले दाबी गरेकोमध्ये ४८ लाख ९० हजार ३ सय ३७ रुपैयाँ श्रेष्ठको वैध सम्पत्ति रहेको र बाँकी १ करोड १८ लाख ६६ हजार रूपैयाँ अवैध ठहर्याएको हो।
उक्त अवैध सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ। अवैध ठहरिएको जति नै रकम उनले जरिवानाका रूपमा बुझाउनुपर्ने फैसलामा भनिएको छ। विशेषले श्रेष्ठकी श्रीमती शिलुलाई भने सफाइ दिएको छ। उनले भरतपुर क्यान्सर अस्पतालमा फुड सप्लायरको रूपमा काम गर्थिन्।
Comments
अरु समाचार
-
ट्रकले ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते
विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गउको छ । ति महिलाको श्रीमान घाइते भएका...
-
आयुर्वेद चिकित्सकहरुले किन धन्वन्तरी जयन्तीलाई विशेष दिनका रुपमा लिन्छन् ?
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ...
-
संगिता मिश्रलाई मन्त्री बन्न नदिन गगनदेखि विकास देवकोटाको षडयन्त्र छताछुल्ल !
काठमाडाैं । स्वास्थ्य मन्त्रीमा अघि सारिएकी डा. संगिता मिश्रलाई मन्त्री बन्न नदिनका लागि षडयन्त्र शुरु भएको छ । अन्तरिम सरकारकी...
-
४६१ घाइतेको सिभिल अस्पतालले गर्यो उपचार, निर्देशक रेग्मीले भने– सबै जनशक्ति अहोरात्र उपचारमा छन्
काठमाडौं । काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) ले जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरुको प्रभावकारी उपचार सेवा प्रदान गरिहेको छ...
-
जेनजी प्रदर्शनपछि अहिलेसम्म ३० जनाको मृत्यु, हजारभन्दा बढी घाइतेको उपचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजीको प्रदर्शनपछि अहिलेसम्म ३० जनाको मृत्यु भएको जनाएको छ। एक हजारभन्दा बढी घाइतेहरूको उपचार...
-
जेन जी आन्दोलन अपडेटः १५ प्रदर्शनकारीको ज्यान गयो
काठमाडौं । पछिल्लो समय यो समाचार तयार पारुन्जेलसम्म ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको छ...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












