गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै

सरदार सरोवर ड्याम/भारत । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ ।
उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लाग्नुभएको हो । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ ।
सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले बुधबार गर्र्ने कार्यक्रम रहेको भनी व्यापक प्रचार गरिएको थियो ।
सोही बमोजिम अनावरणको तयारी गरिएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले उक्त सालिक निर्माणप्रति असन्तुष्टि जनाउँदै अनावरणको दिन विरोध प्रदर्शन गर्ने जनाएका थिए ।
सरकारले प्रधानमन्त्री उपस्थित हुने यस कार्यक्रममा कुनै असुरक्षा नहोस् भनेर ठूलो संख्यामा प्रहरी खटाएको छ । सादा पोशाकमा खटाइएका प्रहरीले सङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएका समाचारहरु पनि आइरहेका छन् ।
गुजरातका प्रहरी अधिकारीले उक्त स्मारक रहेको क्षेत्रको वरिपरि करिब १० किलोमीटर क्षेत्रसम्म कम्तीमा पनि पाँच हजार प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर (६००) फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।
स्मारक उद्घाटनका लागि बुधबार गुजरातमा विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ । त्यस स्मारक निर्माण भएको क्षेत्र वरिपरिको आकासमा बुधबार बिहानदेखि नै हेलिकोप्टरले हवाई सुरक्षा गस्ती दिइरहेको छ ।
त्यसैगरी प्रधानमन्त्री मोदीले उक्त स्मारकको अनावरण गर्ने क्रममा हेलिकोप्टरले आकासबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न स्थानीय नागरिकको धेरै जग्गा सरकारले लिएको आरोप स्थानीयको रहेको छ । उनीहरुले सरकारसँग त्यस जग्गाको क्षतिपूर्ती माग गरेका छन् ।
सरकारले क्षतिपूर्ती नदिएकोले नै गुजरातका स्थानीय वासिन्दाले सो स्मारकको अनावरण कार्यक्रमको विरोध गरेका जनाइएको छ । उनीहरुले विगत लामो समयदेखि आफ्नो जग्गाको क्षतिपूर्ती मागेको बताएका छन् ।
तर स्थानीयको जग्गा अनुसारको क्षतिपूर्ती सरकारले नदिएकोले आफूहरुले विरोध गरेको उनीहरुको भनाई छ । स्थानीय नागरिकहरुले विभिन्न सङ्घर्ष समिति नै बनाएर प्रधानमन्त्री मोदीलाई उक्त स्मारकको अनावरणमा नआउन भनेका छन् । यदि उहाँ सो उद्घाटनमा आएमा कडा विरोध गर्ने पनि उनीहरुले बताएका छन् । रासस/एएफपी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











