नेविसंघ स्वतः विघटनको संघारमा
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्वतः विघटनको संघारमा पुगेको छ । महाधिवेशन सम्पन्न गर्न थप गरिएको ३ महिने म्यादभित्रै महाधिवेशन सम्पन्न नभए नेविसंघ स्वतः विघटन हुने छ ।
कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिले अध्यक्ष नैनसिंह महरको दुई वर्षीय कार्यकाल भदौ २ गते सकिएलगत्तै महाधिवेशन प्रयोजनका लागि तीन महिना थप गरेको छ । महाधिवेशन सम्पन्न गर्न म्याद थप गरेपछि नेविसंघले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको थियो ।
पार्टीले गठन गरेको निर्देशन समितिको परामर्शमा महाधिवेशनका लागि मिति तोकिए पनि नेविसंघले केही मावि बाहेक कतैपनि अधिवेशन गर्न सकेको छैन् । सहमतिमै १२ औं महाधिवेशन सम्पन्न गर्ने गरी संशोधित विधान पार्टीसमक्ष बुझाए पनि असोज दोस्रो साताबाट फेरि विवाद चुलिएका कारण नेविसंघले अधिवेशनहरु गर्न नसकेको हो ।
गत असोज १० गते अध्यक्ष नैनसिँह महरले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको भ्रातृ संगठन मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) का १५ जना विद्यार्थी नेताहरुलाई केन्द्रीय समितिमा समायोजन गरेपछि नेविसंघमा विवाद फेरि चुलिएको थियो ।
नेविसंघको प्रकाशित कार्यतालिकामा मावि र क्याम्पस अधिवेशन असोज ७, महानगर, उपमहानगर, नगर र गाउँपालिकाको अधिवेशन असोज १२, प्रदेश क्षेत्रको अधिवेशन असोज १५, ७७ जिल्ला र विदेशस्थित सम्पर्क समितिको अधिवेशन असोज २१ गते गर्ने प्रस्ताव थियो ।
उपत्यका क्याम्पस अधिवेशन असोज २३, ७ प्रदेशको अधिवेशन कात्तिक १० र ११, केन्द्रीय अध्यक्षबाट महाधिवेशन प्रतिनिधिको मनोनयन कात्तिक १२ गते गर्ने प्रस्ताव कार्यतालिकामा उल्लेख थियो । थप गरिएको समयभित्र महाधिवेशन नभए के हुन्छ ?
पछिल्लो समय अन्य भ्रातृ संगठनहरुमा पकड गुम्दै गएपछि कांग्रेसको संस्थापन पक्षले सबैभन्दा शक्तिशाली मानिने भ्रातृ संगठन नेविसंघलाई विघटन गरि तदर्थ समिति गठन गर्न खोजीरहेको छ । निर्धारित समयभित्रै विधिवत महाधिवेशन सम्पन्न गरेर नेविसंघलाई आफ्नो पक्षमा पार्ने रणनीति सफल नहुने देखिएपछि संस्थापन इतर समूह समानान्तर समिति गठनको आन्तरिक तयारीमा छ ।
‘‘संस्थापन पक्षले एकलौटी ढंगले तदर्थ समिति गठन गरे आन्तरिक लोकतन्त्रको लडाईमा हामी हाम्रो अन्तिम अस्त्रका रुपमा समानान्तर संगठनको संरचना लिएर अगाडि बढ्छौं,’’ कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने ।
को–को छन् अध्यक्षका आकांक्षी
कांग्रेसले नेविसंघमा ३२ वर्ष उमेरहद लागू गर्ने निर्णय बहुमतका आधारमा केन्द्रीय कार्यसमितिबाट पारित गरेपछि पाका विद्यार्थी नेताहरु अध्यक्षको दौडबाट बाहिरिएका छन् । पाका नेताहरु अध्यक्षको दौडबाट बाहिरिएपछि ३२ वर्ष नपुगेका विद्यार्थी नेताहरु नेविसंघको अध्यक्षका लागि दावेदारी प्रस्तुत गरिरहेका छन् ।
नेविसंघको संस्थापन पक्षबाट उपाध्यक्ष पवन यादव तथा सह–महामन्त्रीत्रय प्रेमराज जोशी, अम्बिका चलाउने र प्रकाश घिमिरेको नाम भावी अध्यक्षको दौडमा समावेश भएको छ । उपाध्यक्ष यादव कांग्रेस उपसभापति विमलेन्द्र निधि र नेविसंघका अध्यक्ष महर निकट मानिन्छन् ।
सह–महामन्त्री जोशीलाई कांग्रेस सह–महामन्त्री महतका विश्वास पात्र मध्येमा गणना गरिन्छ भने अर्का सह–महामन्त्री घिमिरेलाई संस्थापन भित्र महत इतरका नेताहरुको साथ रहेको देखिन्छ । यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुखसमेत रहेकी सह–महामन्त्री चलाउनेलाई अध्यक्ष महर निकट मानिन्छ ।
कांग्रेसको पौडेल समूहबाट नेविसंघको नेतृत्वका लागि उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल र पुनम लामा आकांक्षी देखिएका छन् । उपाध्यक्ष परियार कांग्रेस महामन्त्री शशंका कोइराला निकट हुन् भने कोषाध्यक्ष रिमाल र लामालाई वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वास पात्रका रुमा हेरिन्छ ।
कांग्रेसको सिटौला पक्षबाट केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, दुजाङ शेर्पा, नवराज त्रिपाठी, निमा गिरी अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरिहेका छन् । ३२ वर्षे उमेर हद लागू भएपछि महामन्त्री काफ्ले नेविसंघको नेतृत्व दौडबाट स्वतः बाहिरिएका कारण सिटौला समूहबाट धेरै विधार्थी नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
सिटौला समूहबाट दाबेदारी प्रस्तुत गरिरकेका मध्य भट्ट कांग्रेसका नेताहरु अर्जुननरसिँह केसी र प्रदीप पौडेलसँगको निकट सम्बन्धमा छन् । उनलाई महामन्त्री काफ्लेको पनि साथ देखिएको छ । यस्तै अर्का दाबेदार थापा नेता केसी निकट छन् ।
सिटौला समूहभित्र सापकोटालाई प्रदीप पौडेल र गगन थापा निकट, शेर्पालाई कृष्ण सिटौला र गगन थापा निकट, त्रिपाठीलाई गगन थापा र प्रदीप पौडेल निकट र गिरीलाई गगन थापा निकटका रुपमा हेरिन्छ ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...












