अमेरिकी लेखक स्टान लीको निधन
लस एन्जलस । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुनुहुन्छ ।
“मार्भेल कमिक” का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ ।
वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भन्नुभयो, “हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।”
आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले “म तपाईंप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस्” भन्नुभएको छ ।
क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हुँदैन भन्नुभएको छ । उहाँले भन्नुभयो, “दशकौंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।”
मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताउनुभएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












