मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास
अन्य प्रदेश मुख्यमन्त्रीलाई पनि काठमाडौँमै आवास
काठमान्डाैँ। मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गरिदिएको छ ।
त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् ।भैसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । यसको स्वामित्व सहरी विकास मन्त्रालयमा छ । मकवानपुरबाट वितमा लोकप्रियता हासिल गरेका उनी हेटौंडामै प्रादेशिक राजधानी स्थायी बनाउने जोडबलमा लागेका छन् ।
काठमाडौंमा प्राविधिक राखेर योजना बनाउन लगाउनुको कारणबारे भने अन्नपूर्णसँगको संवादमा उनले भनेका छन्, ‘हेटौंमा बसेर गर्न असहज भएर ।’सरकारी निवासको दोहोरो सुविधालाई उनी अन्यथा ठान्दैनन् । ‘सरकारले दिएको निवास प्रयोग गर्दा के आपत्ति भयो ? ’ उनले भने, ‘एसिया फाउन्डेसनले योजनामा प्राविधिक सहयोग गरेको हो । उसले सहकार्य गर्न चाहेकाले गरिएको हो ।’
घरको माथिल्लो तलामा मुख्यमन्त्री पौडेल काठमाडौं आएका बेला वस्छन् । दोश्रो तलामा प्रदेशको नीति तथा योजना आयोग अन्र्तगतका प्राविधिक कर्मचारीहरु बसेर काम गर्छन् । भुइँ तला प्रदेश कृषिमन्त्री दावा लामालाई छुट्टयाइएको छ । लामा काठमाडौं आएका वेला त्यहाँ बस्छन् ।
‘मुख्यमन्त्रीलाई सरकारले उपलब्ध गराएको भवन हो त्यो । उहाँ (मुख्यमन्त्री) ले पुच्छरको तलामा काठमाडौ जादा तपाई बस्नुहोस भनेर मलाई कोठा उपलब्ध गराउनुभएको छ, म त्यहीं बस्छु,’ प्रदेश कृषिमन्त्री लामाले भने । मुख्यमन्त्रीले भवनमा प्रयोगमा आएका भौतिक संरचनामा विदेशी साहायता लिएका छन् ।
अन्य ६ वटा प्रदेशका मुख्यमन्त्रीले काठमाडौंमा यसरी सरकारी आवास पाएका छैनन् । यो भवन रेखदेखका लागि मुख्यमन्त्रीले हेटौडाबाटै एकजना सरकारी कर्मचारीलाई ल्याएर राखेका छन् । ‘मुख्यमन्त्रीले नै यहाँ खटाएपछि भवन रेखदेखलगायतको काम गर्दै आएको छु,’ त्यहाँ खटिएका कर्मचारी रम्जी खड्काले बताए ।
प्रदेशभित्रको विकासको १५ वर्षे अवधारणा वनाउन पौडेलले मन्त्रिपरिषदबाट अनुमति नलिई ब्यक्तिगत ढंगले एसिया फाउन्डेसनमार्फत सहयोग लिएको भनी पार्टीभित्रै आलोचना भएको छ । विदेशी सहायता लिदा संघीय अर्थमन्त्रालयसँग स्वीकृत लिनुपर्ने सम्वैधानिक ब्यवस्था छ । पौडेलले त्यो प्रावधान उल्लंघन गरेका छन् ।
मुख्यमन्त्रीहरुको विदेश भ्रमणदेखि वैदेसिक सहायता लिन संघीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ । तर उनले संघको मात्र होइन, आफ्नै नेतृत्वको प्रदेश सरकारमा पनि यस सम्वन्धमा औपचारिक निर्णय गराएका छैनन । अन्नपूर्णसँग मुख्यमन्त्री पौडेलले राम्रो कामका लागि सहयोग लिएकाले विरोध गर्नुको अर्थ नभएको बताए । उनले भने, ‘एसिया फाउन्डेसनसँग अर्थ र सामान्य प्रशासन मन्त्रालयले एमओयू गरेको छ । त्यसले सपोर्ट पनि गरेको छ । हाम्रो प्रदेश नीति तथा योजना आयोगले केही प्राविधिक राखेर काठमाडौंमा काम गरिरहेको छ । हेटौंडामा बसेर काम गर्न असहज भएकाले । आयोगले आवधिक योजना बनाउने काम गरिरहेको छ । त्यसको रिपोर्ट दुई महिनाभित्र सार्वजनिक हुन्छ ।’
प्रदेश ३ को मन्त्रिपरिषदले नीति तथा योजना बनाउन जेठ २९ मा दुई सदस्यीय आयोग बनाएको थियो । त्यसका अध्यक्ष मुख्यमन्त्री पौडेल आफैं छन् । उपाध्यक्ष डा. खिमलाल देवकोटा र सदस्य श्यामकुमार बस्नेत छन् । आयोगलाई ५ करोड बजेटसमेत छुट्टाइएको छ । केन्द्रमा अर्थ मन्त्रालयले वैदेसिक साहायता नीति बनाइसकेको छैन । यस्तो अवस्थामा सिधै गैससमार्फत प्रदेशले वैदेसिक साहायता भित्राएर ‘शंकास्पद’ निवासवाट काम गरिरहेको छ ।
आयोगका उपाध्यक्ष डा. देवकोटाले मुख्यमन्त्री र आफु समेतले अर्थमन्त्री युवराज खतिवडालाई जानकारी दिएर काम गरेको दाबी गरे । उनले भने, ‘सरकारले दातृ साझेदारका रुपमा सहयोग लिएका संस्थासँग विशेषज्ञ सहयोग मात्र लिएका हौं,’ उनले भने । उनले तिनीहरुले अर्थ र संघीय मामिला मन्त्रालयसँग स्थानिय तहसम्मै सहयोग आदानप्रदान गर्ने भनी भएको सहमतिअनुसार आफुहरुले सहयोग लिएको जिकिर गरे ।
अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक साहायता समन्वय महासाशाका उपसचिव डा नारायण ढकालले भने प्रदेश तहमा वैदेसिक सहायताका सन्र्दभमा मन्त्रालयले कुनै सम्झौता गरिनसकेको बताए । ‘अन्तर्राष्टिय सहायता के कसरी भित्राउनेलगायत विषयमा मन्त्रालयले नीति वनाउँदैछ,’, उनले भने, ‘विस्तृत छलफल गरेर नीति पारित गर्ने योजनामा मन्त्रालय छ ।’
उनले नीति आएपछि मात्र सहयोगका सन्र्दभमा एमओयू हुन सक्ने वताए । ‘मेरो जानकारीमा अहिलेसम्म प्रदेशसँग मिलेर काम गर्ने गरि विदेशी संघ÷सस्थाहरुको अर्थमन्त्रालयमा कुनै सम्झौता भएको छैन,’ उनले भने ।
अन्य प्रदेश मुख्यमन्त्रीलाई पनि काठमाडौँमै आवास
मुलुक संघीय संरचनामा गएको छ । संघीय सरकारले भने प्रदेशका मुख्यमन्त्री र प्रमुखहरुलाई केन्द्रमै सयनकक्ष सहितको सम्र्पक कार्यालय उपलध्ध गराउने तयारी थालेको छ । सरकारी भवन उपलब्ध गराई उनीहरुलाई काठमाडौं आउदा–जादा वस्ने, प्रदेशको नीति तथा योजनाका काम गर्न कार्यालयका रुपमा प्रयोग गर्न दिने गरि त्यस्तो सम्र्पक कार्यालय उपलब्ध गराउन लागेको हो ।
यसका लागि सहरी विकास मन्त्रालयले प्राविधिक तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढवाडीले जानकारी दिए । ‘प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र उहाँहरुको सम्र्पक कार्यालय केन्द्रमा पनि कहा राख्न सकिन्छ भनेर मन्त्रालय सम्भाव्यता अध्ययनको क्रममा छ,’ उनले अन्नपूर्णसँग भने, ‘यसका लागि मन्त्रालय अन्र्तगतको संघीय संसद ब्यवस्थापन आयोजनाले काम गरिरहेको छ ।’ आयोजनाको प्रमुखमा रविन्द्र वोहोरा छन् ।
आयोजना अन्र्तगतका सिनियर डिभिजन इन्जिनियर मसाकाजी महर्जनले मन्त्रालयले आफुहरुलाई प्रदेश सम्र्पक कार्यलय भनेर सात ओटै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखका सम्र्पक र निवास वनाउने ‘वर्कआउट’ गर्न दिएको निर्देशन अनुसार काम शुरु गरेको बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












