खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर
नोमपेन्ह । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो ।
खमेर रुज शासनका पूर्व प्रमुख ८७ वर्षीय खिउ साम्फान र दोस्रो नम्बरका नेता ९२ वर्षीय नुओन चेअ मात्र हाल जीवित छन् । अतिवादी माओवादी समूहका यी दुवै नेता सन् १९७५ देखि १९७९ सम्म कम्बोडियाको शासनसत्ताका प्रमुख पदाधिकारी थिए ।
“ब्रदर नं. १” भनेर चिनिने पोलपोटले अतिबढी काम लगाएको, भोकमरी र आमहत्याका कारण झण्डै २० लाख कम्बोडियालीको ज्यान लिएका थिए, तर शुक्रबारको फैसलामा यो हत्यालाई पहिलोपटक नरसंहार ठहर गरिएको छ ।
सन् १९७५ अप्रिलमा नोमपेन्हमा हिंसा मच्चाएको र मानिसलाई पलायन हुन बाध्य पारेको अभियोगमा दुई नेतालाई सन् २०१४ मा जन्मकैदको सजाय दिइएको थियो ।
तर कम्बोडियाली विशेष अदालतले शुक्रबार गरेको फैसलामा नुओन चेअलाई अल्पसंख्यक भियतनामी र चाम अल्पसंख्यक मुस्लिम समुदायको नरसंहारमा पनि संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ ।
“पोलपोटसँगै मिलेर नुओन चेअले शक्तिको दुरुपयोग गरेका छन् … त्यसकारण यी सबै अपराधमा नुओन चेअ जिम्मेवार ठहरिन्छन्,” न्यायाधीश नील नोन्नले आदेशमा बताउनुभयो । “चाम अल्पसंख्यक र धार्मिक समूहमा आबद्ध मानिसको हत्या गरी नरसंहारजस्तो गम्भीर अपराधमा नुओन चेअ संलग्न पाइए ।”
खिउ साम्फान पनि भियतनामी अल्पसंख्यकमाथि नरसंहार मच्चाएको आरोपमा दोषी भेटिएका छन्, अदालतको आदेशमा भनिएको छ ।
अदालतले फैसला सुनाउने क्रममा अदालत बाहिर भेला भएका सयौंले फैसलाको स्वागतमा नाराबाजी गरेका थिए ।
जातीय नरसंहारको यो घटनामा पोलपोट शासनकालका चार वर्षलाई समेटिएको छ ।
“यो फैसलाले नुरेम्बर्ग फैसलालाई सम्झाएको छ, र यसको विशेष महत्व छ । यो फैसला कम्बोडिया, अन्तर्राष्ट्रिय फौजदारी न्याय तथा इतिहासको प्रामाणिक कथाका रुपमा रहनेछ,” खमेर रुज मामिलामा राष्ट्रसंघ महासचिवका विशेष विज्ञका रुपमा सेवा गरिसक्नुभएका डेभिड सेफरले बताउनुभयो ।
बौद्धमार्गीको बाहुल्य रहेको कम्बोडियामा खमेर रुज विद्रोहीहरुले बलको आडमा सामाजिक वर्ग र धार्मिक प्रणालीलाई ध्वस्त बनाउने अभियान चलाएका थिए ।
कारागार र कार्यस्थलमा जबर्जस्ती बिबाह, बलात्कार समेतका अमानवीय कार्यहरु पनि यही शासनकालमा भएको थप आरोप समेत दुवैमाथि लागेको छ ।
कम्बोडियाली र अन्तर्राष्ट्रिय कानुनको प्रयोग गर्नेगरी स्थापित यो अदालत सन् २००६ मा संयुक्त राष्ट्रसंघको अगुवाईमा गठन भएको हो । यो विशेष अदालतले खमेर रुजका वरिष्ट नेताहरुबाट भएका अपराधको सुनुवाई गर्दछ ।
यो अदालतले तीन जना विरुद्ध मात्र फैसला दिएको छ । अनुसन्धान र अदालती प्रक्रियामा करिब ३० करोड अमेरिकी डलर खर्च भइसकेको छ ।
खमेर रुज शासनका विदेश मन्त्री इएङ सारी र उनकी पत्नीको मृत्यु भइसकेको छ, भने पोल पोटको सन् १९९८ मा मृत्यु भएको थियो ।
धेरैको विश्वासमा शुक्रबारको फैसला अन्तिम हुनेछ । राजनीतिक हस्तक्षेपबाट विशेष अदालतको काम कारबाहीमा असर पुगेको थियो ।
विगतमा खमेर रुजका कार्यकर्ता समेत रहेका प्रधानमन्त्री हुन सेनले खमेर शासनका बारेमा थप अनुसन्धान नगर्ने बताउँदै आउनुभएको छ । उहाँको विचारमा थप अनुसन्धानले मुलुकको स्थायित्वमा असर पर्नेछ । रासस/एएफपी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











