१३औँ पुण्यतिथिमा सम्झिए पद्मरत्नका योगदान
काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन वसन्तपुरमा आयोजित श्रद्धान्जलसभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पु¥याएका थिए योगदानको स्मरण गरियो ।
सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रूपमा अघि बढाउनुपर्ने र उहाँका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पु¥याउनुपर्ने खाँचो औँल्याए।
दिवङ्गत तुलाधरलाई मुलुकमा निरङ्कुश शासन रहँदा निर्भिक भएर आन्दोलनको अगुवाइ गर्ने महानायकको रुपमा स्मरण गर्दै उहाँले तुलाधरको हरेक भूमिका सशक्त र निष्ठापूर्ण भएको रक्षामन्त्री पोखरेलले बताए ।
पूर्व सभामुख दमननाथ ढुँगानाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको र अब पनि उहाँकै मार्गमा हिँडेर उहाँद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रूपमा स्मरण गरेका हुन ।
राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने सङ्घर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए का छन ।श्रद्धान्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधर जस्ता व्यक्ति फेरि फेरि जन्मिरहूँन भनी कामना गर्नु सान्दर्भिक हुने विचार व्यक्त गरे ।
दिवंगत तुलाधरप्रति जनकवि दुर्गालाल श्रेष्ठ, उद्योगपति लक्ष्मीदास मानन्धर, सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, आदिवासी जनजाति महासङ्घका प्रवक्ता डा ओम गुरुङ, नयाँ शक्ति पार्टीका नेत्री हिसिला यमि, नेपाल संवत् हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमा, सांसदलगायतले दिवंगत तुलाधरको तस्वीर अगाडि भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका छन ।
सभाअघि नेपाल परम्परागत बौद्ध धर्म सङ्घका बज्राचार्य गुरुहरुबाट दिवङ्गत तुलाधरको सुगतिको कामना गर्दै दुर्गति परिशोधन धारणी पाठ गरिएको थियो । दिवङ्गत तुलाधरको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
तुलाधरको असामयिक निधनका कारण कात्तिक २२ गतेको भिन्तुना ¥याली स्थगन गरिएको थियो । यो वर्ष न्हूँद राष्ट्रिय समारोह समितिको आह्वानमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःलाई स्मरण गर्दै मङ्सिर २ गते शंखधर दिवसका अवसरमा वसन्तपुरबाट एक विशाल साँस्कृतिक ¥याली निकालिँदै छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












