नेको इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ५६.९१ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले तीन महिनामा ५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ । गत बर्ष तीन करोड ६१ लाख रुपैयाँ थियो।
कम्पनीले खुद बीमा शुल्क आर्जन २९.०७ प्रतिशतले बढाएको छ। तीन महिनामा खुद बीमा शुल्क ३० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको हो।
गत बर्षभन्दा दाबी भुक्तानी ६६.७९ प्रतिशतले बढेको छ। तीन महिनामा १३ करोड १४ लाख रुपैयाँको दाबी भुक्तानी गर्दा पनि अझै १७ करोड ४१ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकमको व्याज र अन्य लगानीबाट प्राप्त हुने आम्दानी ६१।२ प्रतिशतले बृद्धि भएको छ। यस्तो आम्दानी तीन करोड ९३ लाख रुपैयाँ रहेको छ।
कम्पनीले बीमा समितिको निर्देशन अनुसारको पूँजी जुटाइसकेको छ। एक बर्षको अवधिमा चुक्ता पूँजी ६५ प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ। जगेडा कोषमा ३६ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











