वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै
काठमाडौँ । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष ९अपरेश थिएटर० रहने छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान९(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ ।
भवनभित्र पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहने छन् । यसैगरी ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको छ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पु¥याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यतिबेला प्रधानमन्त्रीले भन्नुभएको थियो “सबै रोगका उपचार स्वदेशभित्रका अस्पतालबाट सर्वसुलभ हुन्छ । यस कार्यलाई सरकारले उच्च प्राथमिता दिएको छ । स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव हुने छैन ।”
विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको रहेको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् ।
नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । एक कर्मचारीका अनुसार अहिले कुलपति नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठ्यो परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेल विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने बताएका छन ।
वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० शथ्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायतका पूर्वाधार तयार गर्दैछ । सरकारी स्तरमा पहिलो पटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिए । आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ ।
वीर अस्पताल सेवा विस्तार
केन्दीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीतिअनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) बाट सेवा सुरु गरेको अस्पतालले क्रमशः शल्यक्रिया सेवा दिँदै जाने जनाएको छ ।
अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले सो स्थानमा नाम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृत समेत दिएको जानकारी दिए । ओपिडी सेवा बिहान ९ वजेदेखि ५ बजेसम्म सञ्चालन भैराखेको उनले जानकारी दिए। थप उपचार गर्नुपरेमा वीर अस्पतालमा अर्को टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ ।
स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करीब ५७० रोपनी जमिन उपलब्ध गराएको थियो । निर्देशक प्राडा बस्नेतले भने “ओपिडी सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेबसहित आवश्यक कर्मचारीको व्यवस्था मिलाएका छौँ । आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउँदै जान्छौँ । ”
पछिल्लो समय स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता राखेको छ । सो स्थानमा भौतिक संरचनालगायतका कामको सुरुवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार रु ३० करोड रकम विनियोजन समेत गरेको छ ।
Comments
अरु समाचार
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...
-
भोटेकोशी नदीमा ज्यान गुमाएकाको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रोफाइलिङ सकियो
काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको ज्यान गयो
विराटनगर, जेठ ५ गते । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको ज्यान गएको छ । हनुमान...












