काङ्ग्रेसमा एकताको विकल्प छैन – श्रेष्ठ
काठमाडैाँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताउनुभएको छ । पाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा आज यहाँ आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए ।
नेपाली जनताले एकताबद्ध सङ्गठित काङ्ग्रेसको अपेक्षा गरेको बताउँदै उहाँले पार्टीको आन्तरिक सङ्गठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उहाँले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको बताएका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापाले काङ्ग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट लगायतले पार्टीको सशक्तिकरण लगायतका विषयमा आ–आफ्ना धारणा राखेका छन् ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












