साउदी राजा सलमानद्वारा अदालतको प्रशंसा
रियाद । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् ।
अन्तर्राष्ट्रिय रूपमै खराब घटनाका रूपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिनु भएको समाचारमा जनाइएको छ ।
सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए ।
पत्रकार खशोज्जीको गत अक्टोबर २ तारिखका दिन स्तानबुलमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कस्ले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।
कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खशोज्जीको हत्या भएको आरोप लगाइरहेका छन् ।
अभियोजनकर्ताहरुले खशोज्जीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दावी गरेका छन् ।
देशको उच्च सल्लाहकार निकायको रुपमा रहेको शुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफूहरूलाई गौरब लागेको बताए ।
सम्बोधनका क्रममा ८२ बर्षिय राजा सलमानले वासिङ्टनपोष्टका नियमित स्तंभकार खशोग्जीको हत्याका बारेमा भने प्रत्यक्ष रुपमा केही बोलेनन् । रासस/एएफपी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











