ललितपुर महानगरका मेयर महर्जनको दाबी : ‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ (भिडियोसहित)
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे ।
उनले भने,‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं।’
साक्षात्कारमा मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावि घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । उनले भने,‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८÷२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं।’
मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे ।
उनले भने,‘हाम्रो महानगर ‘हस्तकला नगरी’ हो । यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं । अन्य विश्वसम्पदा सूचिमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दीरहरु मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।’ उनले ललितपुरभित्र पूर्ननिर्माणका कामहरु तिव्र गतिमा अघि बढाईएको पनि विश्वास दिलाए ।
नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले जनाए । महर्जनले भने,‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ । त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङजीसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं । अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’
उक्त ‘स्मार्ट लाईट’ बाट बाटोको साईज, यात्रुको अवस्था र सवारीसाधनको अवस्थालगायत सबै कुरा ‘अटोमेटिक’ जान्न सकिने उनको भनाई छ । त्यस्तै ललितपुर महानगरभित्र रानीपोखरीभन्दा पुरानो तिम्बाहल पोखरी निर्माण भएरपनि पर्यटकहरु घुम्ने अवस्था भैसकेको उनले जनाए ।
महर्जनले बर्षौदेखि मान्न छोडिएका नाँचहरुसमेतलाई अहिले पुनः सूचारु गरिएको बताए । उनले भने,‘विगत कयौं वर्षदेखि हाम्रोमा नवदुर्गा नाँचको व्यवस्था टुटेको थियो । चल्न सकेको थिएन । हामीले गत वर्षमा त्यो नाँचलाई अथक प्रयासबाट सुचारु गर्यौं । २४ वर्षदेखि रोकिएको खड्गे जात्रालाई अहिले हामीले पूनः सूचारु गरेका छौं ।’
संघीय, प्रादेशिक र स्थानीय सरकारले बिलाषिता अपनायो नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘अरुले के गरे ? त्यो मलाई थाहा छैन्, मैले चढ्ने गाढी २४ वर्ष पुरानो छ, स्वयम् मैले नै तीनपटक धकेलेर गाडी चलाएका छौं, मलाई र मेरो नेतृत्वमा रहेको महानगरको स्थानीय सरकारलाई यस्तो आरोपले छुँदैन, हामी विलाषिताभन्दा टाढा छौं ।’
महानगरकै विकास र केही व्यक्तिगत रुपमा आफूले विभिन्न ७ देशको भम्रण गरेको स्वीकार गर्दै मेयर महर्जनले भने,‘श्रीलङ्का ‘सिटी–नेट’ परिषदमा १३८ सदस्य हुन्छन्, जसमध्ये म १३ औं सदस्यमा निर्वाचित भएर आएको छु, त्यसले हाम्रो महानगरको विकासका लागि धेरै ठूलो सहयोग मिलेको छ ।’ आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाईदा नै पुगेको उनको दाबी छ ।
https://www.youtube.com/watch?v=eFfXapXJ1ek
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












