राष्ट्रपति तथा उपराष्ट्रपतिमाथि आँच आउने कार्य नगर्न आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति जस्ता उच्च लोकतान्त्रिक धरोहरका संस्थामाथि कहीँकतैबाट आँच आउने र अपमान हुने कार्य गर्र्न नहुने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति पद उच्च सम्मानित पद हुन्, ती पदमाथि आँच आउने र अपमान हुने कार्य नगर्न म सबैमा आग्रह गर्दछु ।”
मन्त्री बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति र त्यसको कार्यालयमाथि पछिल्लो समय आएका टीका टिप्पणीमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै “राष्ट्रपति तथा उपराष्ट्रपतिले सरकारलाई यो सुविधा अथवा त्यो सुविधा चाहियो भनेर कहिल्यै केही भन्नुभएको छैन”, भन्नुभयो ।
सरकारले ती उच्च पदको उच्च गरिमालाई बुझेर नै काम गरेको उल्लेख गर्दै अघिल्लो सरकारले नै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका भौतिक संरचनालगायतका सेवासुविधाका बारेमा निर्णय लिएको जानकारी दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले एउटै गाडीका लागि रु १८ करोड खर्च नभएको र नहुने पनि बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो, “गणतन्त्रका उच्च धरोहर राष्ट्रपति तथा उपराष्ट्रपतिलाई साइकल चढ्नुहोस् भन्न सक्छौँ ?”
प्रवक्ता बाँस्कोटाले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा स्थानान्तरण गर्न विसं २०७१ मङ्सिरमा नै निर्णय भइसकेको जानकारी दिँदै समाज कल्याण परिषद् भवन रहेको जमीनको स्वामित्व अर्थमन्त्रालयसित रहेको छ भन्नुभयो ।
“आफ्नो स्वामित्वमा रहेको जमीनको उपयोग कसरी गर्ने त्यो त सरकारको अधिकार क्षेत्रभित्र पर्ने बिषय हो, यसमा कुनै विवाद झिक्न आवश्यक छैन”, उहाँले भन्नुभयो ।
मन्त्री बाँस्कोटाले सङ्घीय संसद् भवन बनाउन नक्साङ्कन भइसकेको पनि जानकारी दिनुभयो ।
–––
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...












