राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने,‘यो सरकार ५ वर्षको लागि गठन भएको हो ।
सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो । अर्को सालमा काममा गति हुन्छ । स्वयम प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समिक्षा गर्नुभएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताए । उनले भने,‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समिक्षा गर्छौं । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं । स्वयम् प्रधानमन्त्रीले पनि चूनौतिको महशुस गर्नुभएको छ ।’
नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए । उनले भने,‘सम्मानीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन् । गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो । तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन् । बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ । सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन् ।’
राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलको जिकिर छ । उनले भने,‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ । तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होईन, ग्रुपमा गाडी किन्न लागिएको हो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ । आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ ।’
यद्धपी उनले यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलाषीको लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।
आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए । तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको खड्काले दुःखदायी कुरा सुनाए । उनले भने,‘यो ध्यान दिने विषय हो ।’ उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको भन्दै गुनासो पोखे । उनले भने,‘राष्ट्रपतिजस्तो सम्मानित व्यक्ति पार्टीको जसरी प्रस्तुत हुनुहुँदैन् । दशैंको बेला पूर्व सम्मानित व्यक्तिलाई टिका लगाएको दृश्यपनि अस्वभाविक छ । यस्ता विषय त पदमा बस्नेले जान्नुपर्ने विषय हो।’
राष्ट्रपतिले हालै संसदमा सम्बोधन गर्दापनि आलोचना व्यहोर्नुपरेको उनले सुनाए । उनले थपे,‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ । संस्था सुहाउँदो चरित्र भएन भने त्यो गतिविधिले व्यवस्थामा फरक पर्न सक्छ, सरकारलाई फरक पर्न सक्छ, जनतालाई फरक पर्न सक्छ । यता तर्फ म यो संस्थालाई सचेत गराउन अनुरोध गर्दछु ।’ उनले वर्तमान सरकारले न्यायालय र व्यवस्थापिकालाई आफ्नो गोजीमा राखेको आरोप लगाए । वर्तमान सरकारको यो ९ महिनाको गतिविधिहरु हेर्दा सरकार कानमा तेल हालेर बसेको पनि खड्को टिप्पणी छ ।
उनले राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हाँसिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको उनले सुनाए । उनले भने,‘हामी सबै नेपालीहरुले मिलेर निर्माण गरेको संस्था हो यो संस्था । राजतन्त्रलाई फालेर र परास्त गरेर राष्ट्रपतीय शासन व्यवस्थामा हामी छौं । र, यो व्यवस्थाको जगेर्ना गर्ने हाम्रो दायित्व हो । तर पदमा बसेका मान्छेले यो कुरा ख्याल गर्नुपर्छ ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको र मुलुकमा शान्ति, सुरक्षा कायम गर्न नसकेको उनको गम्भिर आरोप छ । उनले भने,‘जनताको तहबाट उठेका प्रश्नहरुको सरकारले उत्तर दिनुपर्छ । यस्तो लाचारी कुरा गरेर हुँदैन् । अहिले सरकारमाथि शंका गर्ने र भन्ने ठाउँ प्रशस्त छ ।’
बजेट आएको ६ महिना भैसकेको तर अहिलेसम्म ८ प्रतिशतपनि खर्च नभएको उनले सुनाए । उनले भने,‘हरेक मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ । अनि भर्खरै ९ महिना भएको छ, हामी काम गर्छौं भनेर लाचारी कुरा गरेर हुन्छ ?’ जनताले दिएको यो ऐतिहाँसिक म्याण्डेटलाई सही ढंगले सरकारले सदुपयोग गर्नुपर्ने उनको सुझाव छ । खड्काले भने,‘जनताले दिएको म्याण्डेटलाई सही ढंगले सदुपयोग गर्नुपर्छ अनिमात्रै समृद्धि हाँसिल हुन्छ। सरकार म्याण्डेटअनुसार चल्नुपर्छ । हामी सरकारसँग हातमा हात र काँधमा काँध मिलाएर हिँड्न तयार छौं । विकास निर्माणमा सहयोग गर्न तयार छौं ।’
उनले राजनीतिक असन्तुष्टिहरुलाई सबै दलहरुबीच छलफल गरेर निकास खोज्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘निकास खोज्नु यो सरकारको पनि दायित्व हो । हिजो विप्लव नेतृत्वको पार्टीको जुलुसमा ठूलो संख्यामा जनताको उपस्थिति थियो । यो सब कसका कारण भएको हो ?
त्यस्तै उनले सरकारले एकातिर शिरान लाएर बस्न नहुने भन्दै वैदेशिक सम्बन्धका हिसाबलेपनि त्रुटि रहेको औंल्याए । उनले भने,‘वर्तमान सरकार हैकमवाद र तानाशाहतर्फ उन्मुख छ, कांग्रेस दहा«े ढंगले उभिन्छ । सरकारले माँत्तिने, पात्तिने र आँत्तिने काम नगरोस्।’
सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको बताएका छन् । उनले भने,‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो ?’
सांसद यादवले सांसदहरु टेम्पो र माईक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्दै प्रश्न गरे । उनले भने,‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होईन, हाम्रो राय भनेको महँगो गाडी खरिद गर्नुहुँदैन भन्ने नै हो ।’
उनले महँगो गाडी खरिद गर्नेबारे हडबडमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने पनि सुझाव दिए । उनले भने,‘यो निर्णय परिवर्तन गर्नुपर्छ । १८ करोडको गाडी किन चाहियो ? हिजो हामीले पार्टी अध्यक्ष एवम् उपपप्रधानमन्त्री उपेन्द्र यादवसँग दुई घण्टा छलफल गर्यौं । उहाँको रायपनि यही छ ।’
आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको उनले स्पष्ट पारे । उनले भने,‘हामी जागिर खान सरकारमा गएका होईनौं । तर, संविधान संशोधनको लागि दबाब दिईरहेका छौं । अहिले हडबड गर्दैनौं । सरकारलाई दबाब दिन कुनै कसर बाँकी राख्दैनौं ।’
अब पनि संविधान संशोधन नभएन आफ्नो पार्टी एक मिनेटपनि सरकारमा नबस्ने उनले स्पष्ट पारे ।उनले भने,‘संविधान संशोधन चाँडो हुनुपर्छ । अबपनि भएन भने हामी सरकारबाट बाहिरिएर शान्तिपूर्ण तर दबाबमूलक आन्दोलनमा जान्छौं ।’
भारतबाट विवाहपञ्चमीमा मुख्य अतिथि बनेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने विषयमा टिप्पणी गर्दै यादवले भने,‘हामी उहाँलाई स–सम्मान स्वागत गर्छौं । उहाँ आउँदा जनकपुरको विकासमा टेवा नै पुग्छ । धार्मिक पर्यटनलगायत समग्र क्षेत्रमा विकास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
उनले कांग्रेसका केही नेताहरुले मुख्यमन्त्री योगीको भ्रमण रोक्नको लागि कु–प्रचार गर्नु र रोक लगाउन खोज्नु खेदजनक रहेको पनि प्रतिक्रिया दिए । रेलको उद्धघाट्न गर्न भारतबा को आउने भन्ने कुरा अहिलेसम्म तय नभएको पनि उनले जनाए । उनले भने,‘को आउने ? प्रतिनिधि कसलाई पठाउने भन्ने कुरा भारत सरकारले तय गर्ने कुरा हो ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












