दाइजो लिनु र दिनु पाप हो : मुुसलमान समुदाय
विराटनगर । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ ।
कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् ।
दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन तम्सेका छन् आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल भन्नुहुन्छ, “पवित्र धार्मिकग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।”
दाइजो प्रथा आफँैमा अस्वीकार्य कुरा हो, तर पनि दाइजो दिन मुसलमान समुदायका मानिस बाध्य छन् । दाइजोमा मुसलमान समुदायका मानिसले अहिले नगद, मोटरसाइकल, जिन्सी सामान र फर्निचरका सामान माग्ने गरेका छन् ।
समुदायमा केहीले जवान छोरीलाई घरमा राख्नुभन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने मान्यता राख्न थालेका छन् । दाइजोले उग्ररूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दाइजोविरुद्धको १० दिने अभियानकै क्रममा मोरङको धनपाल गाउँपालिकामा इस्लामी सङ्घ मोरङले शनिबार एक ¥याली निकाली दहेज (दाइजो)को विरोध गरेका छन् ।
‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऊ’ भन्ने नाराका साथ मोरङका मुस्लिम समदाय दहेज विरुद्ध अभियानमा जुटेका छन् । दाइजोको विरोध गर्दै मोरङको कर्सियामा निस्केको ¥यालीपछि भएको कोणसभामा मुसलमान अगुवाले दाइजो लिनु र दिनु दुवै पाप हो भनेका छन् । अगुवा तथा स्थानीय प्रतिनिधिले अबदेखि छोराछोरीको विवाहमा दाइजो नलिने र नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दाइजो प्रथाको अन्त्यका लागि अभियान शुरु गरेको भन्दै अभियानलाई घरघरसम्म पु¥याउनेमा जोड दिनुभयो । धर्मगुरु मौलान सयदले दाइजोविरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने बताउनुभयो ।
धनपालथान गाउँपालिकाका–४ का वडाध्यक्ष रोशन राजवंशी, सामाजिक अगुवा अश्विनी मण्डललगायतले उमेर नपुगी छोराछोरीको विवाह गर्ने र दाइजो दिने र लिनेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
इस्लामी सङ्घको आयोजनामा निस्किएको ¥यालीले कर्सिया बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानीय निकायमा शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो । यो अभियान विगतमा सुनसरीको सोनापुर छताबेलीबाट पनि शुरु भएको थियो र अभियानमा लागेका मानिसले नै आफ्ना छोराको विवाहमा हाकाहाकी दाइजो लिन थालेपछि यो अभियान बीचमै तुहिएको थियो ।
दाइजो दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्रता देखिएकाले दाइजोको लोभ सुनसरी र मोरङमा धेरै मुसलमान समुदायका मानिस आफ्ना छोराका विवाह उतै गर्न तम्सिरहेका हुन्छन् ।
हाजी मोहम्मद अब्दुल भन्नुहुन्छ, “अशिक्षा र अज्ञानताका कारण दाइजोले समुदायमा जरा गाड्न थालेपछि आफ्ना छोराछोरीलाई असल शिक्षा दिएर यसलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।”
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











