ताजा समाचार

सरकारले राख्यो चूडामणि शर्मालाई सहसचिव वरियताको एक नम्बरमा

काठमाडाैं । भ्रष्टाचारको आरोप खेपिरहेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख चुडामणि शर्मा सहसचिवको वरियताक्रममा एक नम्बरमा परेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिवहरुको वरियताक्रम सार्वजनिक गरेको छ । २७४ जना सहसचिवको जेष्ठताको वरियता क्रम राखेको मन्त्रालयले चूडामणि शर्मालाई पहिलो नम्बरमा राखेको छ ।

शर्मा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका व्यक्ति हुन् । शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दासमेत दायर भएको छ ।

यस्तै दोस्रो वरियतामा रामप्रसाद थपलिया, तेस्रोमा वीरेन्द्र कुमार यादव रहेका छन् । यस्तै अन्तिम वरियतामा गोगन बहादुर हमाल रहेको छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org