मुलुक विकासको पहिलो आधार ग्रामीण विकास

अनिल रुपाखेती/ विकास भनेको सकारात्मक रूपान्तरण हो । रूपान्तरण भन्नाले कुनै विषयवस्तुको रूपमा रही आएकोे अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको बुझिन्छ । जहाँ जे कुराकोे अभाव छ, ती कुराहरू प्राप्त हुनु नै विकासकोे पथमा लम्कनु हो । अभावको परिपूर्ति हुँदा मानिसले सन्तुष्टि प्राप्त गर्न सक्दछन् । जब मानिसमा सन्तुष्टि प्राप्त हुन्छ तब उनीहरूमा सकारात्मक परिवर्तनप्रति अपेक्षाकृत गतिशीलता प्रदा हुन्छ ।
विकासका लागि राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नु पर्दछ । हरेक स–साना उपलब्धिको समष्टिगत रूप नै दिर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्छ । विकास समय, भ्रगोल, परिस्थिति अनुसार गतिशील हुन्छ । विकासले गणनात्मक फड्को मार्नको लागि मुलुकभित्र रहेका स्रोत र साधनको उच्चतम प्रयोग गर्नुपर्छ । देशमा रहेको आर्थिक अवस्था स्थानीय निकायको आफ्नो क्षमताबाट तत्कालिन अवस्थामा रहेको स्रोत र साधनलाई अधिकतम उपयोग गरी ग्रामिण विकास गर्न सक्नु नै स्थानीय निकायको प्रमुखता हो ।
नेपाल ग्रामिण इलाकामा भरिएको मुलुक हो । नेपालको कुल क्षेत्रफलको करिब ८२.०३ प्रतिशत भूभाग ग्रामिण क्षेत्रमा पर्दछ । नेपालका करिब ८० प्रतिशत मानिस कृषि पेशालाई आफ्नो जिविकोपार्जनको रूपमा अँगाल्दै आएका छन् । नेपालको कुल जनसंख्याको करिब ४०.३४ प्रतिशत युवाहरू वसोवास गर्दछन् भने त्यसमा पनि ५४ प्रतिशत युवाहरू बेरोजगार रहेको तथ्याङ्क हामीसँग छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरू गरिबीको रेखामुनी रहेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मनमा शान्ति र अनुहारमा कान्ति ल्याउनको लागि सर्वप्रथम स्थानीय सरकारले पहिला विकासको अवधारणा ग्रामिण क्षेत्रबाट सुरु गर्नुपर्छ ।
ग्रामीण विकासको मरुदण्ड विकेन्द्रीकरणको उच्चतम नमुना हो । अहिलेको अवस्थाको स्थानीय सरकार नै हो हो । स्थानीय निकायमा हुने सबै किसिमका क्रियाकलापले ग्रामीण जनताको जीवनस्तरमा गुणस्तर कायम गर्न सकिन्छ । स्थानीय तहमा भएका प्राकृतिक स्रोत र साधनको मितव्ययी तरिकाले प्रयोग गर्ने हो भने ग्रामीण क्षेत्रमा विकासको मुल फस्टाउन सक्छ ।
नेपाल प्राकृतिक स्रोतको तुलनामा जनसंख्या वृद्धिदर कम भएको विश्वमा एकमात्र अल्पविकसित मुलुक हो । यस्तो अवस्थामा देशमा भएको प्राकृतिक सोत नै स्थानीय सरकारको आम्दानिको हो । स्थानीय निकायले अनुसन्धानको माध्यमबाट आफूसँग भएको प्राकृतिक स्रोतहरूको योजनाबद्ध उपयोग गर्न सकिन्छ । आफ्नो क्षेत्रमा कृषि, पर्यटन, औद्योगिकरण वा अन्य कुनै विकासका क्रियाकलापको प्राथमिकिकरण स्थानीय निकाले गर्नुपर्दछ ।
जबसम्म ग्रामीण क्षेत्रलाई दिगो विकास स्थानीय समुदायलाई सचेत, क्षमतावान, सीपयुक्त दक्ष र जिम्ेवारीको बोध गराउन स्थानीय निकायले सक्तैन तबसम्म विकासको कुरा र भाषणले मात्र ग्रामीण विकासको सरकारको अवधारणा पूरा हुनसक्दैन । ग्रामीण विकास नभएसम्म शहर केन्द्रीय भएको विकासले मात्र विकास भएको मान्न सकिँदैन । प्राकृतिक, साँस्कृतिक, सामाजिक, धार्मिक, रितिरिवाज, चालचलनले भरिपूर्ण देशमा आम्दानीको मुख्य स्रोत नै यसैलाई बनाउन सकिन्छ । बेला बेलामा बन्ने गरेका ग्रामीण बिकासको राष्ट्रिय नीतिको कहिले पनि वास्तविक रूपमा ग्रामीण क्षेत्रको मर्म र भावनालाई समेटन सकेन । रोग, भोक, गरिबी, अशिक्षाबाट ग्रामीण ग्रसित रहेका छन् ।
अबको विकास भनेको ग्रामीण वस्तिबाट गर्नुपर्छ । ग्रामीण वस्तिमा न्युनतम आधारभूत विकास गर्न सकियो भने वर्षेनी प्रत्येक वस्तीबाट हजारौं संख्यामा हुने बसाइँसराइको समस्या हल गर्न सकिन्छ । ग्रामीण क्षेत्रको विकासले आन्तरिक एवम् बाह्य पर्यटकहरू संख्या ग्रामीण क्षेत्रमा क्रमिकः रूपले वृद्धि हुन सक्छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा आर्थिक उन्नती बढ्ने हुँदा ग्रामीण विकासमा थप टेवा पुग्न सक्छ । त्यसतर्फ ध्यान दिन स्थानीय निकायले पनि आफूसँग भएको स्रोत र साधनको उच्चतम उपयोग गर्नु पर्दछ ।
नेपाल ग्रामीण पर्यटनले भरिपूर्ण छ भन्दा अतिशयक्ती नहोला । एकातिर जातिय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रूपमा विविधता सहित विविधताले पर्यटनको क्षेत्र चम्किलो छ स्थानी समुदायको कला, संस्कृति, भेषभूषा, धर्म, रीतिरिवाज चाललचन तथा त्यस समुदाय बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचारप्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो ।
मुलतः ग्रामीण जनताका लागि उनीहरू स्वयम्को सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामीण पर्यटन हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दुत गौतम बुद्धको देश भनेर परिचित हाम्रो देश नेपाल पर्यटन उद्योगको प्रचार सम्भावना बोकेको राष्ट्र हो । विश्वका नै प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्याता मात्र होइन प्राकृतिक सुन्दरले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक तथा भौगोलिक रूपमा समेत विविधताले निपूर्ण, जनजातीय समुदायहरू रहेको सांस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्व बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो । पर्यटनको माध्यमबाट मुठ्ठीभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्वि हुनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामीण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामिण पर्यटनभन्दा अतियुक्ति नहोला ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












