चट्याङबाट सिसी क्यामेरामा क्षति
डोटी ।
चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ । जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । चट्याङकै कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका टेलिफोन र कम्प्युटरमा पनि क्षति पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।
जिल्लामा रहेका अधिकांश कार्यालय तथा व्यक्तिका घरमा जडान गरिएका इण्टरनेट सञ्चालन गर्ने राउटर, फोन, टेलिभिजन लगायतसामाग्रीमा समेत क्षति पुगेको छ । राउटर बिग्रेपछि अहिले सदरमुकाममा इण्टरनेट सेवा बन्द भएको छ ।
टेम्पो नियन्त्रणमा
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दीपायलमा सञ्चालन हुँदै आएका तीन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ । तराईका लागि इजाजत लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख मोहनसिंह धामीले बताए । जिल्लाका दिपायल, पिपल्ला, राजपुर, कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिनादेखी उक्त टेम्पो सञ्चालन हुँदै आएका थिए ।
सो टेम्पो सात दिन भित्रमा कैलाली पठाउनु भन्ने क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाको निर्देशनपछि नियन्त्रणमा लिएर पठाउने तयारी भईरहेको प्रमुख धामीले जानकारी दिए । पहाडी क्षेत्रमा सो टेम्पो सञ्चालनको अनुमती नभएकाले टेम्पो सञ्चालकले ट्रकमा लोडगरी दिपायल ल्याएर चलाउदै आएका थिए ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












