मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको भनी निवेदन दिए ।
प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिधि भट्टको भिभो भि नाइन मोबाइल सेट स्थानीय निष्ट स्कुल नजिक हरायो । उनले पनि गत माघ ३ गते मोबाइल सेट हराएको निवेदन थिमि वृत्तमा दिए । प्रहरीले अनुसन्धानका क्रममा सो मोबाइल सेट १० दिनपछि लोकन्थलीबाटै फेला पारी भट्टलाई गत माघ १४ गते बुझायो ।
त्यसैगरी मध्यपुर थिमि राधेराधे बस्ने मोहनकृष्ण खनालको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट गत पुस २० गते मध्यपुर अस्पताल हाताबाटै हरायो । सो मोबाइल प्रहरीले २० दिनपछि काठमाडौँंको नयाँ बानेश्वरमा फेला पारी गत माघ ११ गते खनाललाई बुझायो ।
महानगरीय प्रहरी वृत्त थिमिले चालु आर्थिक वर्ष २०७५/७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । वृत्तका अनुसार हप्तामा दुई÷चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ ।
हराएकामध्ये महीनामा पाँच÷सातवटा मोबाइल फेला पर्ने गरेको छ । प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ ।
पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासको लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ । मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उनले बताए ।
मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको प्रनाउ केसीले बताए । “मोबाइल धनीले हराएको भनी निवेदन दिएको छ भने फेला परेपछि मोबाइल धनीलाई बोलाएर हस्तान्तरण गर्छौं ।
चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,” उनले भने,“वृत्तका अनुसार हाल छ वटा मोबाइल चोरीका मुद्दा दायर भएर अदालतमा विचाराधीन रहेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले परिसर र परिसर मातहतका जिल्लाका दुई प्रहरी वृत्तमा गरी सरदर दैनिक एक मोबाइल हराएका निवेदन पर्ने गरेको जानकारी दिए । त्यसमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फेला पर्ने गरेको उनले बताए ।
मोवाइल हराएका घटना हेर्दा सामान्य देखिए पनि प्रहरीले त्यस्ता निवेदनको निरन्तर छानबिन र खोजी कार्य जारी राख्ने गरेको प्रनाउ पोखरेलले बताए । “हेर्दा सामान्य देखिएपनि मोबाइल हराएको निवेदनमा प्रहरीले निरन्तर खोजी जारी राख्ने गरेको छ । त्यसैको परिणाम मोबाइल हराएको छ महीनापछि पनि फेला परेका उदाहरण छन्,” उनले भने ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












