देशका विभिन्न भागमा हिमपात, मनाङको तापक्रम माइनस २० डिग्री पुग्यो
बिहीबार देशका विभिन्न क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ । हिमपातसँगैको वर्षाले विभिन्न हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ ।
हिमपात र बर्षापछि मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।
चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर बर्षा भैरहेको छ । हिमपातले सरकारी कामकाज ठप्प भएको उनले बताए ।
उता बाजुरामा पनि हिमपात भएको छ । हिमपातसँगै भारी वर्षाले स्थानीय जनताको जीवन कष्टकर बन्दै गएको छ।
हिमपात र भारी वर्षाले गर्दा जिल्लामा अत्याधिक चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ। चिसोले उच्च हिमाली क्षेत्रका बासीन्दा, बालबालिका र वृद्धवद्धा बढी प्रभावित भएका छन्।
माघ ७ गतेबाट खुल्न नसकेको मार्तडी कोल्टी सडकखण्डमा फेरि हिउँ जमेपछि आवत जावतमा थप समस्या भएको यातायता समितिले जनाएको छ।मंगलबार र बुधबार मौसम सफा भएर सडकमा जमेको हिउँ सफा गर्न डोजर लगाएको थियो।फेरि हिउँ परेपछि समस्या दोहोरिएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अभिकारी भेतराज बरालले जानकारी दिए।
मौसममा खराब भई बाक्लो हुस्सु र कुहिरोले जिल्लाको पूर्वी उत्तरमा पर्ने कोल्टी एयरपोट पनि बन्द भएको छ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












