श्रीमतीको सफलताका लागि योगेश भट्टराईले बलि चढाए मन्त्री पद !
काठमाडाैं । नेकपाका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले श्रीमतीलाई नर्सिङ परिषदमा रजिष्ट्रार बनाएको पाइएको छ ।
नर्सिङ कलेजहरुको नियमन गर्ने निकाय नेपाल नर्सिङ परिषदमा भट्टराईकी श्रीमती बिन्दा घिमिरे छ महिनाअघि परिषदको रजिष्ट्रार बनेकी हुन् ।
चिकित्सा शिक्षाका विकृतिका बारेमा आन्दोलन तथा अनशनका श्रृङखला चलिरहेका बेला नेकपाका प्रभावशाली नेताहरु भने आफ्ना नातेदारहरुलाई विभिन्न स्थानमा सेटल गराउन लागि परेको तथ्य फेला परेको छ ।
योगेश भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री बनाउने घोषणा समेत गरेका थिए । तर, उनलाई मन्त्री नबनाएपनि उनकी श्रीमतीलाई सुरक्षित स्थानमा लगेर राखेकै कारण नेता भट्टराई चुप बसेको स्रोतको दावी छ ।
सिटिइभिटी कार्यक्रममा सबैभन्दा बढी विकृति मौलाएको र अहिले जनचासो बढेर गएको कार्यक्रममा नर्सिङ पर्ने गरेको विज्ञहरुकलो भनाई छ । २०७१ सालमा खगराज अधिकारीको पालामा परिषद सदस्यमा नियुक्ति खाएकी घिमिरे अन्ततः रजिष्ट्रार बन्न सफल भएकी हुन् ।
परिषदमा पन्ध्र सदस्यीय बोर्ड गठन हुने गरेको छ। यो सबै राजनीतिक नियुक्ति हो। परिषदमा अध्यक्ष, उपाध्यक्ष, विज्ञ नर्स, नर्सिङ डाइरेक्टर, रजिष्ट्रार, उपभोक्ता मञ्चबाट, क्याम्पस प्रमुखबाट दुई जना, नर्सिङ संघ अध्यक्ष पदेन सदस्य, सदस्यमध्येबाट चुनाव गरेर तीन जना, सिटिइभिटीबाट एक जना, क्षेत्रीयबाट एक जना र स्वास्थ्य सेवा विभागबाट नियुक्ति हुने व्यवस्था छ ।
भट्टराईकी श्रीमती स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा चार वर्षअघि परिषद सदस्य बनेकी थिइन् । यो कार्यकाल नसकिँदै उनी छ महिना अघि रजिष्ट्रार नियुक्त भएकी हुन्। परिषद भन्दाअघि उनी त्रिवि शिक्षण अस्पतालमा नर्स थिइन् ।
परिषद विश्वविद्यालय तथा सिटिइभिटीका नर्सिङ कलेजको कार्यक्रमको सिट निर्धारण गर्ने संस्था हो । यही परिषद मातहत सिटिइभिटीका १८९ कलेज छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











