देखासिकीमै हराउन थाले थारु समुदायको वैवाहिक मौलिकता
थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ ।
कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन् ।
बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो नदिने थारु समुदायले हाल अरु समुदायको विवाहको सिको गर्दै सोफा, टेबुल, पलङ, कुर्सी, साइकल, मोटरसाइकल, टिभी, फ्रिजलगायतका सामग्री दाइजोमा दिन थालेका हुन् ।
अन्य समुदायको देखासिकीमै दाइजो प्रथाले थारु संस्कृतिमा जरो गाड्न थालेपछि यस समुदायको अगुवाले चिन्ता व्यक्त गर्न थालिएको छ । थारु अगुवा दानसिंह दहितले देखासिकीमै दाइजोको लेखाजोखा हुन थालेकोमा चिन्ता व्यक्त गरे ।
परम्परागतरुपमा चल्दै आएको ‘झाँगा’ प्रथा जसअन्तर्गत छोरी पक्षबाट अन्न, नगद लिने चलन वर्षौ पहिले हटे पनि हाल दाइजो प्रथाले प्रश्रय पाउन थालको थारु बुढापाकाको भनाइ छ । थारु समुदायलाई प्रजातान्त्रिक अभ्यास भएको समुदायका रुपमा पनि चिनिन्छ ।
दुलही बनाउन मदिराका बोतल साटासाट गरेर सम्बन्ध स्थापित गरेर दुलहा र दुलही पक्षका व्यक्तिले गाउँको वडघरलाई विवाहका लागि सल्लाह लिने चलन थारु समुदायमा विद्यमान रहेको छ । बेहुली पक्षका व्यक्तिले सम्बन्ध पक्का भएको खुसियालीमा बेहुलाको घरमा गएर भोज खाने गरिन्थ्यो ।
जसलाई ‘ठोकौनी’ खाने भन्ने गरिएको स्थानीयवासी फुलराम चौधरीले बताउनुभयो । मासको पीठोबाट चुन्नीवरिया नामक पकवान, भेडा सुँगुरको मासुसँगै भात पकाएर जन्तीलाई खुवाइने गरिन्थ्यो तर आधुनिकताको प्रवेशसँगै पुराना चलनसमेत हट्दै गएको र बजारबाट कुक मगाएर बजारीया खाना खुवाइनाले खर्च धान्नै नसक्ने गरी बढेको थारु वीरबहादुर चौधरीले बताए ।
विवाहका लागि चुनिने सरुवा र भन्सरियाले बेहुलालाई सजाउने चलन रहेको थारु समुदायमा पाँचदेखि आठ हातको बेहुलालाई पघरी पहि¥याउने, चौबन्दी, जामा र टोपी लगाउने गरिन्थ्यो भने हाल कोट, पाइन्ट र टाइको प्रचलन बढेको छ ।
पुरानो विवाहको पहिरन थोरै पूँजीमा विपन्न वर्गले सहजै खरीद गरी विवाह गर्न सक्दथ्यो तर आधुतिकताका नाममा थारु युवाले अरुको संस्कृति अँगाल्दा विवाह झन्झटिलो बोझिलो र खर्चिलो भएको थारु अगुवाको ठम्याइ छ ।
बेहुलीलाई ल्याङ्गा, चोली, फरिया र परम्परागत गहना गटैया, खिर्की, बाजु, टर्की नथिया लगायतले सजाइन्थ्यो जुन गहना र परिधान गाउँमै बनाइने भएकाले सस्तोमै बन्थे । आजका युवतीले बजारमा चलनचल्तीमा रहेको पहिरन र सुन, चाँदीका आधुनिक गहनाप्रति बढी आशक्त हँुदा नै विवाह खर्चिलो र दाइजोको भारी थपिएको थारु अधिकारकर्मी धनबहादुर कुश्मीले भन्नुभयो, “घरमै बनाइएको बेहुला बोक्ने चण्डोल र बेहुली बोक्न प्रयोग हुने डोली यातायातका साधनको उपलब्धताले प्रायः लोप भइसकेको छ ।” जन्ती बोक्ने गोरु गाडाको ठाउँमा बस र जिपले लिएका छन् ।
“देखासिकीमै आवश्यकताभन्दा बढी यातायातका साधनको विवाहमा प्रयोग हुने गरेको छ”, नरेन्द्रप्रसाद चौधरीले भने, “कोभन्दा को कम भन्ने भावनाले विवाहलाई निकै खर्चिलो बनाइदिएको छ ।”
विवाहमा नाचिने छोक्रा, हरदङ्वा, सखिया र मघौटालगायतका मौलिक नाचको सट्टा आजभोलि साउण्डबक्समा र महङ्गो बैण्डबाजा र अन्य समुदायका गीतमा युवायुवती बढी झुम्मिने गरेकाले संस्कृतिप्रतिको रुचि जगाउन नसक्दा थारु मौलिकता हराउँदै गएको छ ।
पुरानो चलनअनुसार थारु समुदायमा माघ र फागुन महीनामा मात्रै गाउँका विवाहयोग्य वरबधुको एकै दिन विवाह गर्ने गरिन्थ्यो । गाउँका वडघरियाले वर्षभरिको योजनाअन्तर्गत चालू वर्ष र अर्को वर्षमा विवाह हुने युवायुवतीको सङ्ख्या यकिन गरी वर्ष दिनमा कति वटा विवाह गर्न सकिन्छ । त्यसकै आधारमा एकै दिन विवाह गर्ने मिति तय गरिन्थ्यो । यसरी विवाह गरिँदा खर्च कम लाग्ने र भोजमा सीमित व्यक्ति सहभागी हुने भएका कारण अन्न र अन्य खाद्यपदार्थ कम लाग्ने गरेकाले यस्तो विवाहलाई बढी रुचाइने गरिएको थियो ।
“थारु समुदाय प्रकृति प्रेमी र आफ्नैपनमा रम्ने जाति भएकाले मौलिक परम्परा र चलनलाई जोगाएर राख्न आधुनिक युवालाई नै संस्कृति र परम्परागत चलनप्रतिको आकर्षण बढाउन परिचालन गर्नसके मात्रै परम्परालाई निरन्तरता दिन सकिन्छ”, थारु अगुवा रेवन चौधरीले भने ।
राम्रा संस्कृतिको संरक्षण, कु–संस्कृति र अन्धविश्वासलाई हटाउँदै लगेर युवालाई संस्कृतिबारे अभियान नै चलाएर उत्प्रेरित गर्नसके मात्रै थारु संस्कृतिलाई बचाउन सकिने उनको भनाइ छ ।
थारुको आफ्नै मौलिक वेषभूषा, चलन, रहनसहन, भाषा र संस्कृति रहेको छ । घर बनाउन सिपालु, काठको कार्य गर्न, डोका नाम्लोको कार्य गर्न र अन्य कार्यमा समेत निपूण जातिका रुपमा थारु समुदायलाई चिनिन्छ ।
आफ्नै छुट्टै मौलिक संस्कृति भएकाले अरु जातजातिभन्दा यस जातिको पृथक पहिचान रहेको छ । यस जातिको संस्कृति, परम्परा जोगाउन र उत्थानमुखी कार्य गर्न राज्यपक्षबाट समेत सहयोगको खाँचो रहेको थारु अगुवाको भनाइ छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












