मंगलबार रातिदेखि बुधबारसम्म मुलुकभर पानी पर्ने, आज भने…
काठमाडौं । विभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
‘मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना छ,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसको केही प्रभाव बिहीबार पनि देखिनसक्छ ।’ बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ ।
आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ ।
यद्यपि आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












