दुर्घटनामा एम्बुलेन्समा रहेका बिरामीको मृत्यु
भरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मंगलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग २ च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना १ ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो।
ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो। ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी उच्च रक्तचापका बिरामी थिए। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रवीनकुमार श्रेष्ठ घाइते भएका छन्। घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्सको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












