आज मौसम सफा रहेपनि शनिबारदेखि पुनः वर्षा दोहोरिने
काठमाडौं । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् अर्यालले भने ।
राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक– दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमवल ८ डिग्री र अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस रहनेछ ।
त्यस्तै आज दाङको न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबै भन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












