स्थानीय तहको अधिकार सिंहदबारमै खुम्चाउन खोजियो: जनार्दन शर्मा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारमाथि नियतवश संघीयता कार्यान्वयन गर्न नखोजेको आरोप लगाएका छन् ।
संविधानमा व्यवस्था गरिएको प्रदेश र स्थानीय तहको अधिकार कटौती गर्ने गरी ऐन–कानून तर्जुमा गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए । गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रममा पूर्वमन्त्री शर्माले भने, ‘संविधानअनुसार ऐन–कानून बनाउनुपर्नेमा सिंहदबारबाट तल जानु पर्ने अधिकार गएन, यस्तो केन्द्रीकृत सोचले फाइदा गर्दैन ।’
अहिले संघीयता कार्यान्वयन गर्ने र नगर्न चाहने पक्षबीच संघर्ष चलिरहेको भन्दै उनले संविधान अनुसार अधिकार नदिए संघीयता कार्यान्वयन नहुने र मुलुक फेरि द्वन्द्वतर्फ जाने चेतावनी दिए ।
संघले बनाएका धेरै कानून बाझिने खालको र अधिकार केन्द्रमै राख्ने नियत देखिएको उनको दाबी छ ।
स्थानीय सरकारलाई अधिकार दिएर बलियो बनाउनुपर्ने भन्दै उनले भने, ‘यो धारा हे¥यो त्यस्तै छ, त्यो धारा हे¥यो त्यस्तै । एउटा दुईटामा पो संशोधन हाल्न सकिन्छ, अब सबै धाराबाट केन्द्रीयता बन्ने हो भने प्रदेशको अधिकार के स्थानीय तहको अधिकार के ?’
आफ्नै सरकारविरुद्ध बोल्नुपर्ने अवस्था आएको भन्दै नेता शर्माले भने, ‘कि त संघीयता कार्यान्वयन गर्न सकिँदैन भन्दिनुप¥यो । होइन भने संविधानमा प्रष्ट व्यवस्था अनुसार हुनुपर्छ ।’
स्थानीय तहका जनप्रतिनिधिले पनि पाएको अधिकारको दुरुपयोग नगर्न सचेत गराउँदै शर्माले जोडर चलाउन छाडेर शिक्षा र स्वास्थ्यमा जोड दिन सुझाव दिएका छन् ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












