सिके राउत र सरकारले गरेको सम्झाैताले नेकपामा किचलो
काठमाडाैं । सरकार र सिके राउतबीच भएको भनिएको राजनीतिक सम्झाैताले राजनीतिमा मात्रै नभएर समाजमा समेत तरङ्ग फैलाएको छ ।
देश विखण्डन गर्छु भन्दै आन्दोलनमा लागेका राउतलाई एकाएक राष्ट्रवाद र नेपालको एकिकरणको हिस्सा बनाउन खोजेपछि नेकपाको आन्तरिक जीवन नै खतरामा पर्न थालेको छ । नेता भीम रावल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अन्यले खुलेरै यसको विरोध गरेका छन् ।
सिकेले दाबी गरेजस्तै जनमत संग्रहको सहमतिको ड्राफ्ट कतै गोप्य लुकाएर त राखिएको छैन ? यस्ता प्रश्नले सर्वसाधारण देखि नेतासम्म भय सिर्जना गरेको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेलाई प्रचण्डसँग तुलना गरेपछि पूर्चमाओवादीका नेता तथा कार्यकर्ता समेत रुष्ट बनेका छन् । भातृ संगठन वाइसिएलका महासचिव सुबोध सेर्पालीले सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै यसको विरोध समेत गरेका छन् । सेर्पालीले कडा शब्दको प्रयोग गर्दै भनेका छन,’गणतन्त्रको सपनामासम्म नदेख्नेहरुले गणतन्त्रका नायक अर्थात आजको राज्य व्यबस्थाका योजनानाकार क.प्रचण्डलाई कथित स्वतन्त्र मधेस अभियानता भनिने डा.सि.के रावत सँग दाज्नु मेरो बुझाइमा घोर अपमान र बेइमानी हो । सिके रावतसँगको सम्झौता पुर्णत गलत नै हो नपत्याए उनको फेसवुक वालमा हेरे हुन्छ ३ फिट उफ्रेर जयजयकार गर्नेहरुले…? हामी विशाल नेपालको पक्षमा छौं तिमी बर्तमान नेपाल टुक्राउने बाटोमा छौ ? मानिदैन सिके तिम्रो नकाबधारी तानबुनाहरु । बाँकी सिके रावतको फेसबुक पेजमा हेर्नुहोस् ।’
गणतन्त्रको सपना देख्नै नसक्नेहरु गणतन्त्रका नायक तथा योजनाकारलाई कथित स्वतन्त्र मधेसका अभियान्ता सिकेँग जोड्नु घोर हपमान र बेइमानी हो भन्दै उनले सम्झाैता नै गलत रहेको जनाएका छन् ।
सिकेसँग भएको सहमतिको विरोध उनी मात्रै नभए थुप्रैले गरेका छन् । प्रधानमन्त्री ओलीले विप्लवलाई लुटेरा भन्दै सिकेलाई काखी च्याप्न खोजेपछि झनै समस्या बढेर गएको नेकपाका एक नेताले जनाए । उनले लुम्बिनि भ्वाइससँग भने, कम्युनिष्ट आन्दोलनमा लागेकालाई राजनीतिक व्यवहार नगरेर देशै टुक्र्याउने कुरा गर्दै आएका सिकेलाई नजिकको र प्रचण्डसँग तुलना गर्नु नै अपराध हो ।
प्रचण्ड कसरी त्यहाँ पुग्नु भयो र आफुलाई सिकेसँग तुलना गर्दासम्म किन मनाैन बस्नु भयो खै यो अहिले नै भन्न सकिन्न । ती नेताले भने ।
यता पूर्व गृहमन्त्रीसमेत रहेका नेकपाका अर्का नेता जर्नादन शर्मा ‘प्रभाकर’ ले पनि सीके राउतले ‘जनअभिमत’ शब्दलाई ‘जनमत संग्रह’ को रुपमा व्याख्या गरेकोले अहिले सहमतिबारे प्रश्न उठेको बताएका छन् ।
उनले यस विषयमा सरकारले कार्यक्रमकै बेला स्पष्ट पारेको भए अहिलेको स्थिति पैदा नहुने जिकिर गरे । उनले सरकारलाई सहमतिबारे स्पष्ट पार्न माग गर्दै भने, ‘जनअभिमत भन्ने शब्दको अर्थ निर्वाचन भन्ने मात्र कहाँ हुन्छ ?’
गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने, आइतबार सिके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











