मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित हुँदा २ जनाको मृत्यु
लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५ वर्षीय मो. मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकलाई ठक्कर दिएलगत्तै पुलमै बस पल्टिँदा बसमा सवार सात यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
आगलागीमा रु १५ लाख मूल्य बराबरको क्षति
बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
आगलागीबाट चौधरीले छोरीको बिहेका लागि ल्याएका रु आठ लाख बराबरको सरसामान, रु दुई लाख नगद र रु डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घरबाट आगो सल्केर चौधरीसहित छिमेकी दुखी चौधरी, बालकृष्ण चौधरीको एक÷एक घर र खाद्यान्न गरी करीब रु १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












