टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताए ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरुलाई रूपान्तरण गर्न आग्रहसमेत गरेको छ ।
आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताए ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले आयोजना गरेको लगानी सम्मेलनको स्वागत गर्दै उनले लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिए ।
ऐन कानूनको तर्जुमा, प्रक्रियागत सरलता, लगानी सुरक्षा तथा प्रत्याभूतिका लागि बिप्पा सम्झौता वैदेशिक लगानीको अनिवार्य शर्त भएको उल्लेख गर्दै संयोजक डा भट्टराईले यसै महीना हुने लगानी सम्मेलनलाई विगतको झैँ औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












