काडमाडौंमा बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता
काठमाडों । काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा. जयप्रकाशराय यादवले बताए ।
तारकेश्वर वडा नं ७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए। त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुुख अरुणकुमार गिरीले बताए । बर्डफ्लुबाट तारकेश्वर –७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्मको आठ हजार कुखुरा नष्ट गरिएको थियो । आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ । कृषकलाई जैविक सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












