विप्लवको रणनीतिमा सरकारको एक्सन, बाहिरिए आ-आफ्नै दाबी
काठमाडाैं । विप्लव नेतृत्वको नेकपाका स्ञायी समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेको देखि थोरैले बचेको भन्ने समाचार प्रकाशमा आएका बेला यसले छुट्टै रुप लिएको छ ।
काभ्रे गोली प्रकरणपछि पक्राउ परेका चारजनाबारे प्रहरी स्रोतलाई हवाला दिदै आएका समाचार र सुदर्शनले निलाकेको विज्ञप्तिमा नै विरोधाभास पैदा भएको छ ।
सुदर्शनले विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राई काभ्रेको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेकैबेला पक्राउ परेको दाबी समेत गरेका छन् । तर, प्रहरीले भने बिक र राई काठमाडाैंबाट, धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको दाबी गर्दै आएको छ ।
प्रहरीका अनुसार काठमाडाैंबाट पक्राउ परेकाहरुको सुचनाका आधारमा त्यहाँ पुगेको जनाएको छ ।
सुदर्शन काभ्रेको रोशी गाउपालिकामा लुकेर बसेको सुचनालाई पछ्याउदै गएको प्रहरीले फायर खोलेपछि ओली भाग्न सफल भएका थिए । सुदर्शनलाई प्रहरीले पछ्याएको सुचना केहि समय मै पाएपछि उनी त्यहाँबाट अन्तै सरेको नेकपाका एक नेताले जनाए ।
पक्राउ परेका कमरेडहरुलाई चरम यातना दिएपछि उहाँहरु तयार हुनुभयो या अरु केहि हो यहाँसम्म आउने कोसिस गर्नु भएछ । मिडियामाप्रहरीलाई उदृत गर्दै आएका समाचार हेरेर थाहा पाउदै छु मैले पनि । ती नेताले भने । पार्टीमा सुचना प्रणाली एकदमै बलियो र गोप्य हुने गर्छ । यसैले सुद्शन कमरेडसँग कुरा हुन पाएको छैन् । यद्यपी तल्लो कमिटिका सदस्य कहाँ के गर्दै छन भन्ने सुचना चेन अफ कमाण्ड सिस्टममा पुग्छ ।
न्युज-नेपालको सम्पर्कमा आएका ती नेताले भने, सरकारले प्रतिबन्ध लगाएपछि जनता आक्रोसित बनेका छन् । जनप्रतिरोध गर्नुपर्ने माग आएको छ । पार्टीको निति भनेको भ्रष्टाचारी, दलाल, फटाह र घुसखोरीलाई छानीछानी हान।ने भन्ने छ । तर, सरकारले यस्ता मान्छेलाई किन कारबाही गर्न नदिएर संरक्षण गर्छ भन्ने कुरा अचम्म लागेको छ । हामीलाई त प्रतिबन्ध लगाइयो । मिलेछ भने सोध्नुहोला ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












