चार वर्षीया छोरी सहित आमा महीना दिनदेखि बेखबर
पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता भएकी छन् । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेकी हुन् ।
उनी काठमाडौँबाट घरमा जान भनी हिँडेकी भएपनि हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आएकी छैनन् । फलेवास नगरपालिका–२ थापाठानास्थित खनार माइतीघर भई नौ वर्षअघि उनको सोही स्थानका प्रकाश थापासँग विवाह भएको थियो ।
पर्वत प्रहरीलगायत घर र माइती पक्षले उहाँको खोजी कार्य गरे पनि आजसम्म कुनै पत्तो लाग्न सकेको छैन । शर्मिलाका माइती पक्षले भने घरपरिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । ‘‘घरमा बस्न नसकेको भन्दै १८ महीना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’’ शर्मिलाका बाबु मतिलाल कार्कीले छोरी शर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाए ।
शर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए । यता श्रीमान्ले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफूले काठमाडौँबाट पर्वतको बसमा चढाएको तर कहाँ गइन् भन्नेबारेमा आफू पनि अन्योल रहेको बताए ।
शर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ गते घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर फागुन ५ गते कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफूहरुलाई थाहा भएको बताए ।
परिवारले खोजी कार्यमा तदारुकता नदेखाएपछि आफूले फागुन १३ गते पर्वत प्रहरीमा खोजीकार्यमा सहयोग गरिदिन निवेदन दिएको बाबु मोतिलालले बताए । पहिल्यैदेखि शारीरिक र मानसिक यातना दिँदै आएकाले घरपरिवारले नै छोरी र नातिनीलाई बेपत्ता बनाएको आरोप उनको छ ।
यता जिल्ला प्रहरी कार्यालयले भने सम्बन्धित ठाउँमा खोजीकार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । काठमाडौंबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












