नेपाली कामदारको जापान जाने बाटो खुल्यो, प्रकृया यस्तो हुनेछ
काठमाडौं ।
नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा सोमबार हस्तक्षर भएको छ । समझदारीपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया थालनी गर्ने बाटो खुलेको छ । यसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा हुनेछ ।
कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका हुन् । अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुनेछन् । नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछन् ।
दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् । लागतको विषय भने समझदारीपछि दुई देशबीचको प्राविधिक संयन्त्रले टुंगो लगाउने छ ।
अब अप्रिल महिनाबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुनेछ । समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको सुरु गरिने छ ।
कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको छ । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ ।
सहमतिअनुसार जापान जाने विशेष सीप भएका श्रमिक (एसएसडब्लु)लाई दुई वर्गमा विभाजन गरिनेछ। पहिलो वर्ग एसएसडब्लु-१ वर्गका श्रमिकहरु अनुभवी हुनुपर्ने छ। पहिलो वर्गका श्रमिकहरु पाँच वर्ष जापान बस्न पाउने छन्।
दोस्रो वर्ग एसएसडब्लु-२ का कामदारका लागि भने उच्च तहको सीप आवश्यक हुनेछ। उनीहरु पाँच वर्ष पछि पनि कार्यावधि थप गरी जापान बस्न पाउने छन्। यो वर्गका श्रमिकले आफ्ना परिवारका सदस्यहरुलाई पनि जापान लैजान सक्ने छन्।
यसरी जापान जाने नेपाली कामदारले जापानी कामदारले पाउने पारिश्रमिक सरह वा सो भन्दा बढी पारिश्रमिक पाउने समझदारीपत्रमा उल्लेख छ।
नेपाली कामदार जापान पठाउन जापानी भाषा परीक्षा एवं सीप परीक्षणका लागि छुट्टै इकाइसमेत गठन हुने छ। ‘यसका लागि जापानी पक्षलाई सहयोग एवं सहजीकरणका लागि वैदेशिक रोजगार विभाग अन्तर्गत एउटा छुट्टै इकाई स्थापना गरिने व्यवस्था गरिएको छ,’ श्रम मन्त्रालयका प्रवक्ता डा नारायण प्रसाद रेग्मीले भने, ‘समझदारीपत्रको प्रभावकारी कार्यान्यनको लागि दुवै देशका प्रतिनिधिहरु रहने गरी संयुक्त कमिटी गठन हुने छ। समितिले एसएसडब्लु अन्तर्गत नेपाली श्रमिकहरुको भर्ना, रोजगारी र स्वदेश फिर्ता लगायतका विषयमा अबलम्बन गर्ने विधि एवं प्रक्रियाको टुंगो लगाउने छ।’
सन् २०१९ को अप्रिल १ देखि जापानले कृषि नर्सिङ सवारी साधन निर्माण उद्योगलगायतका १४ बटा क्षेत्रमा कामदार आयात गर्ने तयारी गरेको छ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











