ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु
सिन्धुपाल्चोक ।
माथिल्लो चाकु जलविद्युत आयोजनामा हिजो ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मंगलबार विहान हराइरहेकाहरुको कपाल लगायत शवका केही अंगहरु फेला परेको प्रहरीले जनाएको छ । यसअघि सोमबार २ जनाको शवको केही भाग सोमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले मंगलबार दुई जनाको कपाललगायत शवका केही अंश फेला परेकाले चारै जनाको मृत्यु भएको पुष्टि भएको बताए ।
जलविद्युत आयोजनामा कार्यरत मजदुर हुम्ला घर भएका सन्डुप लामा र दोलखा घर भएका भाइकाजी शेर्पाको मृत्यु भएको थियो। त्यस्तै हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ग्यास सिलिण्डर पड्किँदा मृत्यु भएका कसैको पनि शव सग्लो भेटिएको छैन । दुई जनाको त कपालमात्रै भेटिएको प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












