बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
उलयपुर ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।
बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।
बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु एक लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।
दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण पूरा उमेर भएकाहरुले पाउने पूर्ण जन्मकैद सजायको आधा सजाय गर्ने ती किशोरलाई कानूनी व्यवस्था भएबमोजिम जन्मकैदको फैसला भएको पनि अदालतले जनाएको छ ।
गत कात्तिक ६ गते जङ्गलमा एक्लै बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै स्कूलका कक्षामा अध्ययन गर्ने ती दुई किशोरले जङ्गलमा पुगेर बालिकालाई यौन प्र्रस्ताव राखेका थिए । बालिकाले प्रस्ताव अस्वीकार गरेपछि बालिकाको बलात्कार गरेर हत्या गरेको आरोप दुई किशोरलाई लागेको थियो ।
बालिकाको हत्या गरेर जङ्गलबाट गाउँ नजिकैको खरबारी डाँडाको रुखको फैदमा लगेर शव फालेको अवस्थामा फेला परेको थियो । हत्या गर्नेहरुको खोजी गर्ने क्रममा प्रहरीले सुनसरीको धरानबाट प्रहरीको तालीम प्राप्त कुकुरसमेत प्रयोग गरेपछि एक किशोर पक्राउ परी उसैको सहयोगमा अर्का किशोर पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











