राजधानीका ९ स्थानमा तत्काल आकाशे पुल आवश्यक
काठमाडौं ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो ।
नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । यस्तै, लैनचौर, त्रिपुरेश्वर चोक, बालाजु चोक, माइतीघर, शङ्करदेव, बसुन्धरा चोक, ल्होत्से चोक, स्वयम्भू चोक र टेकुमा समेत आकाशेपुल आवश्यक रहेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा सोमबार र मङ्गलबार नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी संस्थासँग उपत्यकाको ट्राफिक सुधारको बारेमा छलफल गरिएको थियो । छलफलमा ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको सवारी साधनसँगै आकाशे पुलको आवश्यकता बढेर गएको बताउँछन् । “जथाभावी बाटो काट्दा दुर्घटना बढ्दै गएको छ, यसलाई रोक्न पनि आकाशे पुल आवश्यक छ”, उनी भन्छन् ।
महाशाखा प्रमुख पन्त उपत्यकाभित्रका महानगर तथा नगरपालिका र सडक विभागले आकाशे पुल निर्माणका लागि आ–आफ्नो योजना प्रस्तुत गरिसकेको भन्दै ती योजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्छन् ।
हाल काठमाडौँ उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, भोटाहिटी, जमल, वीरअस्पताल, सुन्धारा, पुल्चोक साथै नयाँ बनेका काभ्रे–कोटेश्वर सडक र कोटेश्वर–कलङ्की सडकमा समेत आकाशे पुल निर्माण भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा आकाशे पुलको आवश्यकता रहेको बताउँछन् । “नयाँ बन्न लागेका पुल दिगो र टिकाउ खालको हुुुनुपर्छ”, उनी भन्छन् । पुल निर्माणसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने उनको भनाइ छ ।
कोटेश्वरदेखि कलङ्कीसम्म चीन सरकारले बनाएको नयाँबाटोमा दुर्घटना कम गर्न तथा जथाभावी बाटो काट्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ बार लगाउनुपर्र्ने आवश्यकता देखिएको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र ३०० स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने महाशाखाले जनाएको छ । सिंहदरबारदेखि कमलपोखरीसम्मका २७ स्थान, थापाथलीदेखि कालीमाटीसम्मका २६ स्थान, जनसेवादेखि दरबारमार्गसम्म ४६ स्थान, गौशालादेखि चुच्चेपाटीसम्म २३ स्थान, कोटेश्वरदेखि पेप्सीकोलासम्म २८ स्थानमा जेब्रा क्रसिङ तथा लेन मर्मत गर्नुपर्ने भएको छ ।
यस्तै, जावलाखेलदेखि एकान्तकुना हुँदै शशिभवनसम्म ३० स्थान, ठिमी चोकदेखि सूर्यविनायक हुँदै कमलविनायकसम्म १९ स्थान, कौशलटारदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म ३२ स्थान, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म आठ स्थान, कलङ्कीदेखि थानकोटसम्म १५ स्थान, नयाँ बसपार्कदेखि बूढानीलकण्ठसम्म १३ स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











