लगानी सम्मेलनः लगानीका लागि सहज वातावरण निर्माण
काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता दिइएको बताए ।
उनले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भएको उल्लेख गर्दै राजनीतिक वातावरण सहज बनेको, लगानीमैत्री ऐन, नियम तथा नियमावली बनाइएको, मेहनती युवा जनशक्ति र सस्तो श्रम शक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने प्रष्ट पारे ।
लगानीकर्तालाई सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको, नीतिगत तथा प्रक्रियागत सहजीकरण गरिएको जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले २०० मेगावाट माथिका आयोजना र रु छ अर्बमाथिका परियोजनालाई सहजैरुपमा लगानी गर्नसक्ने अवस्था सिर्जना गरिएको तथ्य पेश गरे ।
उनले अन्तरदेशीय प्रशारण लाइन निर्माण गरी नेपालमा उत्पादित बिजुली क्षेत्रीय बजारमा लैजान सक्ने वातावरण निर्माण भएको, नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।
लगानीकर्ताका लागि सहजीकरण गर्दै अनलाइनबाटै कम्पनी दर्ता गर्ने र राजस्व भुक्तानी गर्ने व्यवस्था गरिएको भन्दै उनले सबै प्रकारका सेवा सहजरुपमा दिइनेसमेत स्पष्ट पारे । उनले भने, “यस सम्मेलनले लगानीकर्तालाई लगानीका लागि महत्वपूर्ण अवसर सिर्जना गर्छ भन्ने विश्वास लिएको छु ।”
सम्मेलनमा आयोजनाको प्रस्तुतीकरण गर्दै अर्थमन्त्रालयका सचिव लालशङ्कर घिमिरेले सडक सञ्जाल, रेलवे, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा निर्धक्कसँग लगानी गर्न सकिने बताए । उनले दोहोरो करसम्बन्धी झन्झट हटाउन ११ देशसँग दोहोरो कर उन्मुक्ति सम्झौता भएको र हालै मात्र बङ्गलादेशसँग सोसम्बन्धी सम्झौता गरिएको बताए ।
सरकारले नेपाललाई सन् २०३० भित्र मध्यमस्तरीय आय भएको मुलुकका रुपमा परिणत गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले युवा जनशक्ति, सहज बजारको पहुँच तथा न्यून आय भएका मुलुकले पाउने अन्तर्राष्ट्रिय सुविधाका कारण पनि नेपाल लगानीका लागि सहज स्थान भएको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले लगानी बोर्डले संयोजन गरेका अरुण तेस्रो आयोजनाको निर्माण शुरु भएको, होडसी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा आइसकेको तथ्य पेश गर्दै हालै मात्र २०० मेगावाट क्षमताको सौर्य परियोजना, ८५ किलोमिटर लामो पोखरा–मुक्तिनाथ केबलकारको विस्तृत परियोजना प्रतिवेदन तयारीका क्रममा रहेको बताए ।
विदेशी लगानीका एनसेल, युनिलिभरजस्ता बहुर्राष्ट्रिय कम्पनीले नेपालमा उच्च मुनाफा हासिल गर्ने गरेको भन्दै उनले सरकार र निजी क्षेत्रले प्रस्ताव गरेका ७७ वटा परियोजनाबाट समेत उच्च प्रतिफल लिन सकिने प्रष्ट पारे । उनले पूरातात्वविक सम्पदा, पूराना कलाकौशल संसारकै १० मध्ये आठ अग्ला हिमशृङ्खला नेपालमै रहेकाले पनि पर्यटन क्षेत्रमा लगानी गर्न सकिने छ भने ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












