हावाहुरी प्रभावित क्षेत्रमा थप चिकित्सक टोली परिचालन
काठमाडौं । आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट घाइतेको उपचारको अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष चिकित्सक टोली पठाएको छ ।
चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का प्राध्यापक चिकित्सक निलम खड्का,सुवास कर्ण र रविरामलाई आज बिहान त्यसतर्फ पठाइएको हो । प्राडा.खड्का न्युरोसर्जन, प्राडा.कर्ण अर्थोपेडिक र प्राडा.रविराम क्रिटिकल केयरका विज्ञ रहेका छन् । उनीहरुले घाइतेको उपचार भइराखेका अस्पतालको निरीक्षण गरी स्वास्थ्यकर्मीलाई आवश्यक निर्देशन दिनेछन् ।
ती विज्ञले चिकित्सकीय अडिट गर्नेछन् । चिकित्सकीय अडिट भन्नाले चिकित्सकले उपचार गरेको पद्धति ठीक छ कि छैन, शल्यक्रिया विधि र प्रक्रिया तथा औषधिको प्रयोगलाई जनाउँदछ । घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई थप सुझावसमेत दिनेछन् ।
सन् २०१० मा हाइटीमा गएको विनाशकारी भूकम्पपछि घाइतेको उपचारमा क्रममा चिकित्सकले अनावश्यक अङ्ग काटेको घटनाबाट पाठ सिक्दै नेपालले पछिल्लो समय विपद्पछि उपचारमा आफ्नै विज्ञद्वारा चिकित्सकीय अडिट शुरु गरेको थियो ।
वि.सं २०७२ को विनाशकारी भूकम्पपछि घाइतेको उपचार पद्धतिका बारेमा प्रा डा बच्चुराम केसीको नेतृत्वको अनुगमन टोलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा अनुगमन गरेको थियो । सो समयमा भएका उपचारलाई विश्व स्वास्थ्य सङ्गठनका उच्च नेतृत्वले प्रशंसा गरेका थिए ।
विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पुर्याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा.सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे तथा सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंह प्रभावित क्षेत्रमा नै रहेका छन् ।
हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिट, भवानी अस्पताल, एलएस न्युरो अस्पताल र काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
हावाहुरीले बढी क्षति पुर्याएका कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिका स्थानीय स्वास्थ्य प्रदायक संस्थामा पनि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
हावाहुरीलेबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरी फर्किएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले भने, ‘घाइतेको उपचारमा स्वास्थ्यकर्मी, औषधि तथा उपकरणको अभाव छैन, घाइतेको उपचारमा समस्या आएको छैन ।’
प्रभावित क्षेत्रमा स्वास्थ्यका आवश्यकताअनुसार आवश्यक थप सेवा शुरु भएको जानकारी दिँदै उनले मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य, थेपारीलगायतका सेवा शुरु भएको बताए । बढ्दो गर्मीसँगै सर्पदंशको समस्या हुन नदिन प्रभावित क्षेत्रमा सर्पदंशविरुद्धका पाउडर छर्किन शुरु गरिएको छ ।
घाइतेको उपचार सम्भव भएसम्म स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा गर्ने नीति मन्त्रालयले लिएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा उपचार हुन असम्भव भयो भने मात्र काठमाडौँ ल्याउँछौं, अस्पताल र स्वास्थ्य संस्थालाई थप स्रोत साधन सम्पन्न बनाउँछौँ ।’
हालसम्म हावाहुरीका कारण २७ को अकालमा मृत्यु भएको छ । यसैबीच, मन्त्रालयका सहसचिव डा. सुशीलनाथ प्याकुरेलको अध्यक्षतामा आज बसेको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्दै थप समस्या आउन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
नेपालको स्वास्थ्य सेवा सुधारका लागि आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रतिनिधिसहितको सो बैठकले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्यसित सम्बन्धित क्षेत्र (पोषण, सरसफाइ, खोप, औषधि, स्वास्थ्यकर्मी) अभाव हुन नदिने निर्णय गरेको छ ।
बैठकमा संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनफपिए), सेभ दि चिल्ड्रेन, अमेरिकी विकास नियोग, बेलायत अन्तर्राष्ट्रिय विकास नियोगका प्रतिनिधिले प्रभावित क्षेत्रमा खाद्यन्न, तारपोलियन, स्वास्थ्य सेवा, सरसफाइ, पोषणमा थप सहयोग गर्ने जानकारी दिनुभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।
आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय
हावाहुरी प्रतिकार्यका लागि नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउँदै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यक्रम जारी रहेको जनाएको छ । सोसाइटीका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले प्रभावित क्षेत्रमा गैरखाद्य सामग्री, त्रिपाल वितरणसहित मनोसामाजिक सहयोगका लागि जनशक्तिको परिचालन गरिएको जानकारी दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












