राैतहटमा हावाहुरीका कारण एक महिलाको मृत्यु
रौतहट । हावाहुरीका कारण राैतहटमा एकजनाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान करिब ९ बजे आएको हावाहुरीका कारण देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको छ ।
घरको छाना हावाले उडाउदा टाली खसेर गम्भीर चोट लागेपछि उनको मृत्यु भएको स्थानिय हरिहर चमनइले जनाएका छन् । तर, राैतहट प्रहरी एसपी भुपेन्द्र खत्रीले भने हावाहुरी भन्दा पनि घरको छाना उडाएपछि चिसोका कारण मृत्य भएको हुनसक्ने जनाएका छन्।
हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका ५५ भन्दा बढी घरको छाना उडाएको छ । केही गाउँमा विद्युत अवरुद्ध भएको छ । असिनाले अन्नबालीमा समेत क्षति पुगेको छ । स्थानीय देवाही गोनाही नगरपालिकाको अधिकांश घरका छाना उडाएको छ। ‘अधिकांशको घरको छानामा लगाएको खपडा टाली र फुसको छानामा क्षति पुगेको छ,’ मेयर धर्मेन्द्र पटेलले जनाए ।
देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतको लागि निकै क्षति पुर्याएको जानकारी दिदै एसपी खत्रीले मातहतका प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए ।
वेगमा आएको हावाहुरीले गाैर भन्सार कार्यालयको फलामे वैरियर समेत भाचिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











