माग पुरा गर्न चिकित्सकको ७२ घण्टे अल्टिमेटम, के गर्ला सरकार ?
काठमाडाैं । आन्दोलनरत चिकित्सकले ७२ घण्टे अल्टिमेट दिदै सरकारलाई माग पुरा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
कर्मचारी समायोजनमा जान्नाैं भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले सरकारका विरुद्ध ७२ घण्टे अल्टिमेटम दिएका हुन् । समायोजनमा जाँदा बडुवा तथा वृत्तिविकासमा समेत हसर पर्ने भन्दै स्थानीय तहमा जान नमानेका चिकित्सकहरुले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै आएका छन् ।
यद्यपी सरकारलेे प्रहरीको सहयोगमा ताला फुटाएर वीर अस्पतालमा बिरामीलाई उपचार गराउने प्रयास गरेको थियो । तर, डाक्टरहरुले अस्पताल परिसरमा नै बिरामीको जाँच गरेर आन्दोलनलाई यथावत राखेको दाबी गर्दै आएका छन् ।
‘सरकारले ७२ घण्टाभित्र माग सम्बोधन नगरे सबै सेवा ठप्प गरी थप आन्दोलनमा जान्छौँ,’ चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘थोरै तलब खाएर सरकारी अस्पतालमा काम गर्न सकिँदैन्, बरु निजी अस्पतालमा जान्छौँ ।’
सरकारले दिएको सेचवा सुबिधा नै कम भएको भन्दै पछिल्लो समय उनीहरु उग्र रुपमा प्रस्तुत हुन थालेका छन् । तर, सरकारले डाक्टरहरु काममा नफर्किए वा समायोजनमा जान नमाने बर्खास्त गर्ने चेतावनी दिदै आएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












